Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा


भोजपुर । भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार कार्य शुरु भएको छ ।

यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले बताए। यहाँका छ माध्यमिक विद्यालयमा भने यसअघि नै इन्टरनेट सेवा विस्तार भइसकेको छ । दोस्रो चरणमा यी विद्यालयको पनि इन्टरनेटको थप क्षमता विस्तारलगायत काम गर्ने लक्ष्य रहेको उनले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरण र साल्पासिलिछो गाउँपालिकाबीच भएको सम्झौताअनुसार यहाँका विद्यालयमा इन्टरनेट सेवा विस्तार थालिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीका अनुसार प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबीपीएस नन डेडीकेडेट सेवा विस्तार गर्नेछ ।

गाउँपालिकाभित्रका विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन योजनाबद्धरुपमा कामको थालनी गरिएको प्रशासकीय अधिकृत अधिकारीले बताए । विद्यालयमा सूचना प्रणालीको विकास गर्न राष्ट्रिय योजना आयोगबाट आउने ९७ लाख रुपैयाँ विशेष अनुदानको बजेटबाट थप काम गर्ने उनले बताए । “जिल्लाकै विकट मानिने हाम्रो गाउँपालिकामा प्रविधिमैत्री शिक्षाको विकासमा जोड दिएका छौँ”, प्रशासकीय अधिकृत अधिकारी भन्छन् । सवै विद्यालयमा इन्टरनेट सेवा विस्तारको काम थालेका अनि आफूहरुको मुख्य लक्ष्य सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनु भएको पनि उनले बताए ।

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम र प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष दौलथ कुलुङ बताउँछन् । प्रविधिको विस्तारले शिक्षाको गुणस्तरमा सुधार ल्याउन भूमिका खेल्ने अध्यक्ष कुलुङको भनाइ छ । “नेपाल दुरसञ्चार प्राधिकरणसँगको सहकार्यमा ३८ वटा विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा विस्तार थालेका छौँ”, अध्यक्ष कुलुङले भने ।

सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्ष ७३ हजार नौ सय रुपैयाँका दरले २८ लाख आठ हजार नौ सय रुपैयाँ बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ । त्यस्तै दोश्रो वर्षमाप्रति विद्यालय १८ हजार नौ सय रुपैयाँका दरले सात लाख आठ हजार दुई सय रुपैयाँ बराबरको इन्टरनेट सेवा प्रदान गर्ने गाउँपालिकाको भनाइ छ ।


Read Previous

कञ्चनपुर कमला सडक आयोजना स्तरोन्नतिको समयावधी सकिने बेलामा बल्ल ३१ प्रतिशत भौतिक प्रगति

Read Next

विश्वभर यो वर्ष स्मार्टफोनको किनबेच दशकयताकै न्यून स्तरमा झर्दै

Leave a Reply

Your email address will not be published.