Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको ७० प्रतिशत निर्माण सम्पन्न


चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको काम ७० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समय सकिएर थप गरिएको छ महिना वितिसक्दा पनि हालसम्म ७० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनले बताएको हो ।

वि. सं. २०७७ असोज २७ गते सम्झौता भएर निर्माण सुरु गरिएको उक्त सडक खण्डको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर साहले बताए । उनका अनुसार वि. सं. २०७९ माघसम्ममा काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर सो अवधिभित्र निर्माण सम्पन्न नभएपछि म्याद सारेर मङ्सिरमा पुर्याइएको छ ।

हालसम्म गोन्द्राङ्देखि भरतपुर महानगरपालिकाको गेट अगाडिसम्म पहिलो चरणको काम भइरहेको छ भने लयायन्सचोकदेखि पुलचोकसम्मको काम सम्पन्न भइसकेको छ । सर्भिस लेन र फुटपाथको काम बाँकी रहेको साहले बताए । खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको काम गरिरहेकाले फुटपाथको काम गर्न केही समय लाग्ने देखिएको छ ।

“एक्सप्रेस लेन ११र११ मिटरको हुने छ भने फिक्स रोड डिभाइडर चार मिटर, सर्भिसलेन पाँच÷पाँच मिटरको रहने छ । फुटपाथ तीन मिटरको बनाइने छ”, साहले भने । निर्माण तीव्र गतिमा भइरहेको, सडक निर्माणका लागि चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ मात्रै विनियोजन पनि उनले बताए ।

छ किलोमिटरको उक्त सडक निर्माणका लागि एक अर्ब १२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको भए पनि संशोधन भएर ठेक्काको रकम एक अर्ब २३ करोड रुपैयाँमा पुगेको छ । सरकारले ठेकेदार कम्पनीलाई समयमा काम सक्न ताकेता गर्दै आएको भएपनि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा समयमा काम सम्पन्न गर्न समस्या भइरहेको इन्जिनियर साहले बताए ।

“अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत भएको छ । वित्तीय प्रगति ६० प्रतिशत मात्रै छ । काम सक्नका लागि आवश्यक बजेट आउन सकेको छैन”, उनले भने । अहिले विनियोजन गरेको बजेटले पहिला सम्पन्न गरेको कामकोसमेत तिर्न नपुग्ने पनि उनले बताए । भरतपुरको मुख्य सहरी क्षेत्रभित्र पर्ने उक्त सडक खण्ड निर्माण ढिलो हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । रासस


Read Previous

मधेस प्रदेशको काँचुली फेर्दैछ हुलाकी सडक

Read Next

खरिद प्रक्रियालाई पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाइनुपर्छः मुख्य सचिव डा अर्याल

Leave a Reply

Your email address will not be published.