Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

कार्यसम्पादन कर्मकाण्डी होइन, एक्शन ओरिएन्टेड बनाउनुहोस्– मन्त्री ज्वाला


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्यसम्पादलाई कर्मकाण्डी नभएर एक्शन ओरिएन्टेड बनाउन निर्देशन दिएका छन् । मन्त्रालयका सचिव केशव शर्मासँग कार्यसम्पादन सम्झौता गर्दै मन्त्री ज्वालाले एक वर्षभित्र परिणाम ल्याउने गरी काम थाल्न निर्देशन दिए ।

विहीबार मन्त्री ज्वालाले सचिवसँग र सचिवले विभागीय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । कार्यसम्झौता सम्बन्धी कार्यक्रममा मन्त्री ज्वालाले यस आर्थिक वर्षमा ९० प्रतिशत प्रगति गर्ने गरी काम गर्न निर्देशन दिए ।

‘कार्यसम्पादन सम्झौता कर्मकाण्डी मात्र होइन, यसलाई एक्शन ओरिएन्टेड बनाउनै पर्छ । जवसम्म एक्शन ओरिएन्टेड हुँदैनौ तवसम्म ९० प्रतिशत भौतिक प्रगति गर्न सक्दैनौ’ मन्त्री ज्वालाले भने ‘नीतिगत र व्यक्तिगत समस्या भए आउनुहोस् छलफल गरौ तर झारा टार्ने उदेश्यले काम नगर्नुहोस् ।’

कार्यसम्पादन सम्झौता गर्दैगर्दा सचिव शर्माले राजनीतिक नेतृत्व सरल, सहज र परिणामुखी भएकाले ९० प्रतिशतको लक्ष्य पुरा हुने बताए । ‘काम गर्न कुनै प्रकारको बाधा छैन, हामी लक्ष्य भेटाउँछौ’ सचिव शर्माले भने ।

२५ साउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाबीच कार्यसम्पादन सम्झौता भएको थियो । प्रधानमन्त्रीसँगको सम्झौतापछि मन्त्री ज्वालाले बुधवार सचिव शर्मासँग र सचिव शर्माले विभागीय प्रमुखसँग सम्झौता गरे ।


Read Previous

चालु खाता ७२ अर्ब रुपैयाँ घाटामा र शोधनान्तर करिब तीन खर्ब रुपैयाँले बचतमा

Read Next

विद्युत प्राधिकरणद्वारा ४ कर्मचारीलाई विशेष सम्मान,सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने १५ जना र २२ कार्यलय सम्मानित

Leave a Reply

Your email address will not be published.