Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

पुलका कारण कालोपत्र भएर पनि सहजै गुड्न सकेन हुलाकी राजमार्गमा गाडी


गोलबजार । राष्ट्रिय गौरवका आयोजनामध्येको हुलाकी राजमार्गमा कालोपत्र भएको सिरहा–सप्तरी सडकखण्डमै निर्माण सामग्री अलपत्र हुँदा सहजरुपमा सवारी सधन गुड्न नसकेर यात्रा जोखिमपूर्ण हुँदै आएको छ । पूर्व–पश्चिम हुलाकी राजमार्गको सिरहा र सप्तरी खण्डमा अधिकांश पुल निर्माण अलपत्र अवस्थामा रहेकाले यात्रुहरुले जोखिमी मोल्दै यात्रा गर्न बाध्य भएका हुन् ।

निर्माण गर्ने ठेक्का पाएका कम्पनी/व्यवसायीको ढिलासुस्तीका कारण अधिकांश पुल समयमा निर्माण सम्पन्न नहँुदा यात्रामा समेत समस्या भएको हो । सिरहाको औरही गाउँपालिका–५ स्थित गागन खोलामा पुल तीन वर्षभित्र निर्माणसक्ने भनी विसं २०७६ मै सम्झौता गरिएकामा पुल निर्माणको समयावधि सकिसक्दा तीन वर्षमा भौतिक प्रगति ७० प्रतिशतमात्र काम हुन नसकेको जनकपुधामस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर बेचनकुमार भण्डारीले बताए ।

उनले निर्माण कम्पनीले म्याद थपका लागि निवेदन दिएको जानकारी दिए । पुलको पूर्व भगवानपुर–पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्र सकिएको छ तर गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाका एक दर्जनभन्दा बढी गाउँवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हिराचन रोशन कन्स्ट्रक्सन प्रालिमार्फत रोशन कन्स्ट्रक्सनले सो खोलाको पुल निर्माणको काम गर्दै आएको छ ।

हुलाकी सडकस्थित सिरहा खण्डको बलान नदीदेखि– कमला पुलसम्म २९ दशमलव ८८ किलोमिटर सडक कालोपत्र भईसके पनि गान खोलमा समयमा पुल नबन्दा सडकमा गाडी गुड्न सकेका छैन । भगवानपुरबाट सिरहाका लागि जाने सार्वजनिक बसलाई लहान हुँदै जानुपर्ने बाध्यता छ ।

यसैगरी सप्तरी खण्डमा अर्को निर्माण कम्पनीले पुल निर्माणको कार्य अन्तिम चरणमा आएर अलपत्र अवस्थामा छाडेको छ । कञ्चनपुरदेखि बलान नदीसम्म ३२ किलोमिटरमध्ये राजविराजदेखि पश्चिम बलान नदीसम्मको २५ किलोमिटर सडक कालोपत्र भएर तयार भए पनि पुल निर्माण जिम्मा पाएका कम्पनीले समयमा पुलको काम सम्पन्न नगर्दा र पुल नजिक दुवैतिर सय/सय मिटरको भागमा ग्राभेल ओछ्याइएको छैन । सोही करण वर्षा भएपछि सडक हिलाम्मे हुने गरेको छ भने हिउँदमा धुलाम्यै हुने गरेको छ । ठेकेदार कम्पनीको लापरबाहीले सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । अहिले पश्चिम सप्तरीको भारतीय बजार लौकहासँग जोडिएको बेल्ही गाउँबाट दैनिक तीनवटा सार्वजनिक बस राजविराजका लागि चले पनि ठाउँठाउँमा पुल नजिक हिलाम्यै सडकमा गाडी अड्किएर समस्या हुने गरेको छ ।

अहिलेसम्म पुल निर्माण कार्यले पूर्णता नपाएकाले सदरमुकाम राजविराज पुग्न निकै सास्ती भइरहेको सप्तरीको बलान बिहुल गाउँपालिका–४ रामशङ्कर भण्डारीले बताए । उनले समयमा पुल निर्माण नहुनुमा निर्माण कम्पनीसँगै हुलाकी सडक योजना कार्यान्वय कार्यालयको पनि उदासीनता मुख्य रहेको आरोप  लगाए ।

बोदे बर्साइन नगरपालिका–५ का ब्रजेशकुमार यादवले भने सडक कालोपत्र हुनाका साथै हुलाकी सडक तयार भए पनि सडकको पुलनिर सामान्य समस्या अड्काएर सडकको हुर्मत राष्ट्रसेवक कर्मचारीले लिइरहेको आरोप लगाए । इटहरीस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सब–इन्जिनियर अमोदकुमार भगतका अनुसार राजविराज पश्चिम पर्ने मुतनी, पम्प केनाल, कजरा दहलगायत पुलको ठेका म्याद सकिसकेको र निर्माण कम्पनीले म्याद थपाउन कार्यालयमा धाइरहेको छ ।

कार्यालय र निर्माण कम्पनी प्रतिनिधिबीच भएको बैठकमा आउँदो बडादसैँभित्र पूर्णरुपले पुल र पुल नजिक सडक कालोपत्र हुने सहमति भएको उक्त कार्यालयका सूचना अधिकारी प्रमोद खतिवडाले बताए । बोदे बर्साइन नगरपालिका–३ कुसमहारचौक र ६ का प्रितमपर कटहा नदीको पुलमा पनि कालोपत्र हुन सकेका छैन । रासस


Read Previous

धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती, आर्थिक क्रियाकलाप सुस्त

Read Next

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’

Leave a Reply

Your email address will not be published.