Nepal Purbadhar

मन्त्री ज्वालाले हरियाे झण्डा देखाएपछि भंगहाबाट रेल जयनगरतिर गुड्यो, अब ५२ किमिमा रेल सञ्चालन


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवालाई हरियो झण्डा देखाएर सुचारु गरेका छन् ।

आइतवारदेखि जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा नियमति सञ्चालन हुने भएको छ । मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि भंगहा स्टेशनबाट जयनगरका लागि रेल गुडेको छ ।

यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको छ । आजदेखि थप १७ किलोमिटरमा रेल सेवा सञ्चालन भएको मन्त्री ज्वालाले बताए ।

महोत्तरीको भंगहादेखि जनकपुरहुँदै जयनगरसम्मको ५२ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ । भारत सरकारको आर्थिक सहयोगमा भारतीय कम्पनी इरकनले १७ किलोमिटर विस्तार गरेको थियो भने १८ जेठमा नेपाल रेल्बे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।


Read Previous

अभिनेत्री सुरक्षा पन्त सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर घोषित

Read Next

‘ठेक्काको एकमूष्ट म्याद थप र भुक्तानीको सुनिश्चितता नभए सडक आन्दोलनमा जान बाध्य हुनेछौं’