Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

अभिनेत्री सुरक्षा पन्त सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर घोषित


काठमाडौं । चौधरी ग्रुपअन्तर्गत अन्तर्गतको सहायककम्पनी र विद्युतीयउपकरणमा अग्रणी कम्पनी इ.ओ.एल.ले अभिनेत्री सुरक्षा पन्तलाई सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

सुरक्षा पन्त र कम्पनी बीचको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एकै ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्य राखेको छ ।

नवीनता र गुणस्तरप्रति प्रतिबद्धताका सिजी इलेक्ट्रिकले सुरक्षा पन्तलाई आफ्नो ब्रान्डको प्रतिनिधित्व गर्न रोजेको जानकारी दिएको छ । सुरक्षाको आकर्षण, बहुमुखी र प्रभावशाली व्यक्तित्वले उपभोक्ताहरूलाई अत्याधुनिक सामानहरू उपलब्ध गराउन र सहज सेवा प्रदान गर्न सिजी इलेक्ट्रिकको दृष्टिकोणसँग पूर्ण रूपमा मिल्दोजुल्दो रहेको कम्पनीको दाबी छ ।

सीजी इलेक्ट्रिकको तीन प्रमुख खण्डहरूमा सुरक्षा पन्तको अनुहार हुनेछन्ः चिम्नी, सोलार हिटर र इलेक्ट्रिक उपकरणहरू । सीजी इलेक्ट्रिकसँगको उनको सहकार्यले ब्रान्डको विशेषता सार्वजनिक गर्न मदत पुग्नेछ ।

सहकार्यबारे सीजीका उपाध्यक्ष एस.सी. साबूले ब्रान्डलाई अर्को स्तरमा पु¥याउने र यसलाई उपभोक्ताहरू बीच एक विश्वसनीय ब्रान्डको रूपमा स्थान दिने बताए । अभिनेतृ सुरक्षा पन्तले परिचित ब्रान्ड सीजी इलेक्ट्रिकसँग आबद्ध हुन पाउँदा सम्मानित अनुभव गरेको उल्लेख गरिन् ।


Read Previous

जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा महत भारत प्रस्थान

Read Next

मन्त्री ज्वालाले हरियाे झण्डा देखाएपछि भंगहाबाट रेल जयनगरतिर गुड्यो, अब ५२ किमिमा रेल सञ्चालन

Leave a Reply

Your email address will not be published.