Nepal Purbadhar

शनिबार, असार २९, २०८१
Saturday, July 13, 2024

शनिबार, असार २९, २०८१
Saturday, July 13, 2024

दुई अर्ब लगानीमा नेपालमा स्थापना भयो टायल्स् उद्योग


काठमाडौं ।  नेपालको रौतहटस्थित बृन्दावन नगरपालीका–६ मा टायल्स उद्योग स्थापना भएको छ । १० विघा क्षेत्रफलमा अत्याधुनिक इटालीयन प्रविधीद्धारा पूर्णरुपमा स्वचालित स्वदेशी उधोगको स्थापना भएको हो । प्राइम सेरामिक्स् प्रालीले बिहिबारदेखि आफ्नो उत्पादन प्राइम –टाइल्स् विथ स्टाइल लाई बिक्री वितरणमा ल्याएको छ ।

हाल बार्षिक १५ अर्ब रुपैँया बराबरको टायल नेपालमा आयात हुने गरेको छ । चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महंगो र पहुँचभन्दा बाहिर रहेको परिप्रेक्षमा देशको कुल खपतको लगभग एक–चौथाइ माग पूरा गर्ने गरी टायल उद्योग स्थापना भएको हो । भुइँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी भएको प्रालिका अध्यक्ष आशिष गर्गले जानकारी दिए । उनका अनुसार, नविन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्धारा टायल बजारलाई नै पुर्नपरिभाषित गर्ने सोचसहित स्थापित उक्त उद्योगले टायलले अन्य अन्तराष्ट्रिय ब्राण्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्छ ।

उधोगले आयात प्रस्थिापन गर्ने, बिदेशी मुद्रा बाहिरीनबाट रोक्ने, रोजगारीको श्रृजना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने योजना कम्पनीको छ ।

विश्वमा सेरामिक प्रविधीमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी एसएएसएमआईको सम्पूर्ण मेसिन प्रयोग गरेको यस उधोगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको कम्पनीले जनाएको छ ।

स्वदेशमा उत्पादन हुने भएकोले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरुले आफ्नो चाहनाअनुसारको डिजाइन समेत विकास गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले एकै छानामुनी घरायसी, ब्यापारीक, पूर्वाधार परियोजना तथा सार्वजनीक स्थल आदीमा प्रयोगको लागि हाल अधिकतम २ह्४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुईमा लाग्ने टाइल्स् उत्पादन गर्नेछ ।

बिगत दुई दशकदेखि नेपालमा टायल ब्यापारको अनुभव बोकेको सिएमएस ग्रुप र फर्चुन भेञ्चरद्धारा प्रर्वद्धित प्राइम सेरामिक्स् प्रालीको कुल लगानी दुई अर्ब रुपैँया रहेको छ । दैनिक डेढ लाख बर्ग फिट उत्पादन क्षमता रहेको यस उधोगले ३ सय जनालाई रोजगारी दिएको छ ।


Read Previous

वर्षाका समयमा ‘कल्भर्ट’ निर्माण सुरु

Read Next

अब काठमाडौंको मनोरम दृश्य कमलादीको स्काइवाकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *