Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने

वर्षाका समयमा ‘कल्भर्ट’ निर्माण सुरु


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेबजारस्थित बामपाङ खोलामा वर्षाका समयमा कल्भर्ट निर्माण सुरु गरिएको छ । वर्षामा बाढी आउने जोखिम भए पनि आर्थिक वर्ष सकिन लाग्दा उक्त ठाउँमा कल्भर्ट निर्माण सुरु गरिएको हो ।

खोलामा असार २ गतेदेखि खन्ने काम थालिएको स्थानीय राजकुमार थापाले बताए  । ‘एक वर्षसम्म काम नगरी आर्थिक वर्ष सकिन लाग्दा बाढीको जोखिम भएको ठाउँमा काम सुरु गरिएको छ । यसबाट बजेटको दुरुपयोग हुनेमा आशङ् पैदा भएको छ’, उनले भने ।

थापाले वर्षा लाग्ने समयमा खोला खनेर राज्यको पैसा दोहन गर्ने काम भएको गुनासो गरे । उनले यसअगाडि समयमै कल्भर्ट निर्माणका लागि धेरै पटक प्रमुख/उपप्रमुखसँग कुरा गरेपनि सुनुवाइ नभएको बताए । ‘असारमा आएर काम गर्दा पैसा दोहन मात्रै हुन्छ । गुणस्तरीय काम नहुने पक्का छ’ उनले भने । लामो समयसम्म काम नगरी बस्ने र असारमा आएर खोला खन्ने काम हुँदा जनप्रतिनिधि जनताप्रति उत्तरदायी नभएको उनको भनाइ छ ।

पानीको बहाव कम भएपछि काम गर्न यहाँका स्थानीयले माग गरेका छन् । स्थानीयको माग सम्बोधन नगरी वर्षाको समयमा निर्माण थालिएकाले गुणस्तरीय काम हुन नसक्ने सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शङ्कर पन्तले जानकारी दिए । ‘यस्ता काम समयमै गर्नुपथ्यो, एक वर्षसम्म सुतेर बस्ने, अहिले आर्थिक वर्ष सकिनै लाग्दा काम गर्दा बजेटको दुरुपयोग हो । असारमा बाढी आएर खोला सबै बगाउँछ र जोखिम झन बढ्छ’ उनले भने । पन्तले अहिले खर्च गरेर काम थाल्ने र बाढीले बगाउनुभन्दा अर्को वर्ष राम्रो काम गर्नुपर्नेमा जोड दिए ।

निर्माण व्यवसायी अमित पौडेलले नगरप्रमुख कृष्णराज पण्डितको निर्देशनमा काम सुरु गरिएको बताए । स्थानीयले असारमा काम नगरौँ, वर्षा सकिएपछि गरौँ भन्ने माग राखेपनि नगरप्रमुखको आदेश अनुसार काम सुरु गरिएको उनले बताए । पौडेलले भने, ‘वर्षा सकिएपछि काम गर्ने कुरा थियो । स्थानीय र वडासँग कुरा गर्दा यतिबेला नगरौंँ भन्नुभएको थियो तर नगरप्रमुखसँग कुरा गर्दा उहाँले काम तत्कालै सुरु गर्नुपर्छ भनेपछि काम थालेका हौँ ।’

शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले निर्माण व्यवसायीको कमजोरीका कारण समयमै काम हुन नसकेको बताए । हिउँदमै काम सुरु गर्न ताकेता गरे पनि काम नभएको उनको भनाइ छ । नगरपालिकाको रू २५ लाखको लागतमा बोलपत्र प्रक्रियामार्फत् कल्भर्ट निर्माण थालिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । ‘यसअगाडि काम गर्नका लागि ताकेता गरेका थियौँ, काम हुनसकेन । असार महिनाभित्रै काम सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता व्यक्त गरेका छन्’ उनले भने ।

वडाध्यक्ष क्षेत्रीका अनुसार छ/छ मिटर लम्बाई र चौडाइ भएको कल्भर्ट निर्माण गरिनेछ । यसअगाडि उक्त ठाउँमा आठ वटा ह्युमपाइप थियो । वर्षामा बाढी आउँदा खोला ह्युमपाइपभन्दा माथिबाट बग्ने र आवतजावतमा समस्या हुने भएकाले कल्भर्ट निर्माण थालिएको उनले बताए । रासस


Read Previous

आन्तरिक पर्यटकको रोजाइमा पर्दै ‘श्रवणकुमार पार्क’

Read Next

दुई अर्ब लगानीमा नेपालमा स्थापना भयो टायल्स् उद्योग

Leave a Reply

Your email address will not be published.