Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता


काठमाडाैं । सरकारले पुरातात्विक स्थान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिने योजना बनाएको छ ।

नागरिकलाई अत्यावश्यक धेरै स्थानमा पुल बनेकाले अहिले विभागले नदी पार गर्नका लागि मात्रै भन्दा पनि नयाँ प्रविधि र आकर्षक पुल निर्माण सुरु गरेको हो । अब विगतमा बन्ने गरेका सामान्य झोलुङ्गे पुलभन्दा पर्यटनका लागि र पुरातत्वका लागि हेर्दा आकर्षक किसिमको पुल बन्न सक्ने स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक अशाेककुमार साहले जानकारी दिए ।

विभागले केही वर्ष पहिले बाग्लुङ र पर्वत जोड्ने पाँच सय ६७ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरेको थियो । पुलको बीचमा पिलर नहुने (सस्पेन्डेड) पुल बनाइएको उनले बताए ।  यो किसिमको पुल एसियाको पहिलो हाे । ‘अब हामी पाँच/छ सय मिटरमा बीचमा पिलर नहाली अरु ठाउँमा पनि बनाउँदै जानेछौँ’ उनले भने ।

कञ्चनपुरको दोधारा चाँदनीमा धेरै स्पान हालिएको लामो पुलको निर्माण गरिएको उनले बताए । एउटै पुलजस्तो देखिने गरी बनाइएको पुलले धेरै पर्यटकलाई आकर्षित गरिरहेको छ ।

आगामी वर्ष बाग्लुङलगायतका पहाडी जिल्लाका खोँच रहेका ठाउँमा झोलुङ्गे पुलको निर्माण गरिने उपमहानिर्देशक साहले जानकारी दिए । खोला हेर्दा सानो भए पनि बीचमा गहिरो खोँच भएको र हिँडेर ओहोरदोहोर गर्न एक घन्टा लाग्ने भएमा त्यस्ता ठाउँमा पुल निर्माणको योजना विभागको छ । ‘दुई डाँडा जोड्ने पाँच/छ सय मिटरको पुलको माग रहेको छ । आगामी वर्षको बजेटबाट निर्माण सुरु हुनेछ’ उनले भने ।

गुल्मी, पाल्पा र स्याङजा जिल्लाको सङगमस्थल रिडीमा तीनमुखे पुल निर्माण भएको छ । तीन जिल्लालाई एउटै पुलले जोड्नेसँगै यहाँको पर्यटक प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको छ । सरकारको नागरिक एक घन्टाभन्दा बढी हिँड्न नपर्ने गरी पुल वा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य पूरा हुने क्रममा रहेको छ । नयाँ रणनीतिले आधा घन्टाको अवधि राखेमा सोहीअनुसार नयाँ स्थान छनोट भएर पुल निर्माण हुनेछ ।

झोलुङ्गे पुलको निर्माण तीन तहको समन्वयमा हुँदै आएको छ । स्थानीय तहले एक सय २० मिटर लम्बाइसम्मको, प्रदेशले दुई सय ७० मिटर लम्बाइसम्मको र त्यसभन्दा लामा पुलको निर्माण सङ्घले गर्दै आएका छन् । विभागले लामासँगै आधुनिक प्रविधिका र हेर्दा आकर्षक पुल निर्माणमा ध्यान दिएको छ ।


Read Previous

काठमाडाैंमा धमाधम हटाइँदै अव्यवस्थित तार

Read Next

बेनी–जोमसोम सडक अवरुद्ध

Leave a Reply

Your email address will not be published.