Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन   

अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा


कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पङ्गेनी र अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले संयुक्तरूपमा अनलाइन सेवाको शुभारम्भ गरे ।

सेवाग्राहीले अब गाउँपालिकाको करदाता ‘पोर्टल’ खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् । हाल कनेक्ट आइपिएस र ई–सेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत इञ्जीनियर सूर्य तिमिल्सिनाले जानकारी दिए ।  स्थानीय तह भुक्तानी विकल्पमा गएर अन्नपूर्ण गाउँपालिका छनोट गरी सिधैँ भुक्तानीसमेत गर्न सकिने ई. तिमिल्सिनाले बताए ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसीले प्रविधिको युग भएकाले त्यसैअनुसार आफूहरू अगाडि बढिरहेको बताए । प्रविधिको प्रयोगले समग्र कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउने भएकाले प्रविधिलाई आत्मसात् गरेको उनको भनाइ थियो । यसअघि नै गाउँपालिकाले क्यू–आर कोडमार्फत भुक्तानी लिएर बिल काट्न सुरु गरेको थियो । यसका लागि पालिकाको कार्यालय जानैपर्थ्याे । अब भने त्यो बाध्यता हटेको छ । हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका तीन हजार पाँच सयभन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन् । रासस


Read Previous

मर्स्याङ्दी जलविद्युतकाे विद्युत उत्पादन घट्यो

Read Next

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

Leave a Reply

Your email address will not be published.