Nepal Purbadhar

रसुवा बाढी: चितवनमा पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिँदै

तस्बिर : राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी


चितवन। भोटेकोशीमा आएको बाढीपछि चितवनस्थित नारायणी नदीमा फेला परेका पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

सडे-गलेको अवस्थामा रहेका तथा पहिचान हुन नसकेका शवलाई ट्याग लगाएर र डीएनए नमुना संकलन गरी भरतपुर महानगरपालिका–१ स्थित रामनगर-देवघाट सडकको जंगल क्षेत्रमा व्यवस्थापन गर्न लागिएको हो।

शवका कारण संक्रमण तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

शव व्यवस्थापनका लागि सुरक्षाकर्मीको उपस्थितिमा दुई ओटा डोजर प्रयोग गरी जंगलको बीच भागमा खाल्डो तयार पारिएको छ।

चितवनमा हालसम्म नारायणी नदीमा २ सय ३३ ओटा शव फेला परेकोमा ६ ओटा शवको पहिचान भइसकेको छ। बाँकी पहिचान हुन नसकेका शवलाई आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने जनाइएको छ।


Read Previous

नेपाल टेलिकमको त्रिशूली थ्रीए र तुप्चे बीटीएस पुनः सञ्चालनमा

Read Next

विपद्पछि पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने तयारी, दाता सम्मेलन बारे विचार गरिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar