Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज   


काठमाडौं । सरकारले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएर नवीकरण नगर्ने निर्माण व्यवसायीकाे इजाजतपत्र खारेज गरिएकाे हाे ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार सूचना प्रकाशित गरी नवीकरण नभएका इजाजतपत्र खारेज गरिएकाे जनाएकाे छ । शाखाका अनुसार व्यवसायीहरूले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत्र मसान्तसम्म इजाजतपत्र नविकरण नगरेकाले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम ती इजाजतपत्र स्वतः खारेज भएका हुन् ।

यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेको थियो । तर, सो समय अवधिभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।


Read Previous

ट्र्याकबेल इन्जिनियरिङले गोल्यान समूहका २ अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन गर्ने

Read Next

कानूनी बाटो खुलेपछि साढे २ वर्षदेखि थन्किएका विद्युतीय सवारी अब सञ्चालनमा आउने

Leave a Reply

Your email address will not be published.