Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

ट्र्याकबेल इन्जिनियरिङले गोल्यान समूहका २ अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन गर्ने


काठमाडौं । जर्मनीकाे ट्र्याकबेल इन्जिनियरिङ कम्पनीले औद्योगिक घराना गोल्यान समूहले प्रवर्द्धन गर्ने ४४१ मेगावाटका २ अर्धजलाशय जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्ने भएको छ । ट्र्याकबेल इन्जिनियरिङले कर्णाली प्रदेशको मुगु जिल्लामा पहिचान भएका ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली र १३५ मेगावाटको नाम्लाङ खोला अर्धजलाशय जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्ने भएको हो ।

माथिल्लो मुगु कर्णालीको प्रवर्द्धक एलिवेट इनर्जी प्रालि र नाम्लाङ खोलाको प्रवर्द्धक एपोलो इनर्जी प्रालि तथा ट्र्याकबेल इन्जिनियरिङबीच २० महिनाभित्र विस्तृत अध्ययन सम्पन्न गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार ट्र्याकबेल इन्जिनियरिङले यो अवधिमा दुवै आयोजनाको विस्तृत वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन पनि तयार पार्नुपर्नेछ ।

सम्झौतामा ट्र्याकबेल इन्जिनियरिङका नेपाल शाखा प्रबन्धक कास्टर्न गंटरम्यान तथा गोल्यान समूहकोतर्फबाट ऊर्जा डिभिजनका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल र गोल्यान समूहका प्रबन्ध निर्देशक अक्षय गोल्यानले हस्ताक्षर गरे ।

ट्र्याकबेल इन्जिनियरिङ जलविद्युत आयोजनाको अध्ययन गर्ने विश्व प्रशिद्ध परामर्शदाता कम्पनी हो । यो कम्पनीले नेपालसहित विश्वका विभिन्न देशमा जलविद्युत सम्बन्धि अध्ययन गरेको इतिहास छ ।

गोल्यान समूहले कर्णाली प्रदेशको मुगु जिल्लामा पहिचान भएका दुवै आयोजनाको विस्तृत अध्ययन गर्न अमेरिकी वित्तीय संस्था अन्तर्राष्ट्रिय डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी) बाट आर्थिक अनुदान सहयोग प्राप्त गरिसकेको छ ।

दुवै आयोजनाको विस्तृत अध्ययनका लागि डिएफसीले १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब १० करोड रुपैयाँ) दिने सहमतिमा हस्ताक्षर भइसकेको छ । गोल्यान समूहले यी दुई आयोजनाको अध्ययनका लागि आर्थिक अनुदानको प्रस्ताव अमेरिकी फेडेरल बैंक डिएफसीलाई गरेको थियो ।

प्रस्ताव स्वीकृत भएपछि गोल्यान समूहले डिएफसीको अनुदान पाएको हो । यो रकम आयोजनाको विस्तृत अध्ययनका लागि खर्च हुनेछ । अमेरिकाले नेपालमा निजी क्षेत्रका जलविद्युत आयोजनाको अध्ययनका लागि भनेर पहिलो पटक अनुदान दिएको हो ।
३ वर्षअघि नै यी आयोजनाको अनुमतिपत्र लिइसकेकोमा कोभिड–१९ महामारीका कारण अध्ययन लम्बिन पुगेको हो । अब २० महिनाभित्र दुवै आयोजनाको विस्तृत अध्ययन पूरा गरी निर्माणमा लैजाने योजना रहेको गोल्यान समूहको ऊर्जा डिभिजनले जनाएको छ ।

अहिले दुई आयोजनाको विस्तृत अध्ययन गर्नका लागि मात्रै वैदेशिक अनुदान पाएकोमा निर्माणका लागि चाहिने लगानी पनि वैदेशिक सहयोगबाट जुटाउने गोल्यान समूहको लक्ष्य छ । दुवै अर्धजलाशय आयोजनाबाट सुख्खा याममा पनि ६ घन्टा विद्युत उत्पादन गर्न सम्भव हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

गोल्यान समूहले नवीकरणीय ऊर्जाको क्षेत्रमा ठूलो लगानी गरिसकेको छ । जलविद्युत र सौर्य गरी ९ सय मेगावाट बढीका आयोजना गोल्यान समूहसँग छन् । सन् २०३० सम्ममा राष्ट्रिय प्रसारण प्रणालीमा यी आयोजनाको विद्युत जोडिसक्ने लक्ष्य छ ।


Read Previous

मेरोअटो मोटर र्‍यालीको तेस्रो संस्करण आगामी शुक्रबार हुने

Read Next

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज   

Leave a Reply

Your email address will not be published.