Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने

काभ्रे सेवा समाजमा केसी


 काठमाडौं । काठमाडौमा विभिन्न पेशा र व्यवसायमा आवद्ध काभ्रेलीहरुको संस्था काभ्रे सेवा समाजको अध्यक्षमा प्रल्हाद केसी चयन भएका छन् । समाजको ११ औ स्थापना दिवस तथा बार्षिक साधारणसभाले केसीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । केसी समाजका संस्थापक अध्यक्ष समेत हुन ।

समाजको बरिष्ठ उपाध्यक्षमा पूर्णसिंह खड्का, उपाध्यक्षमा लबराज जोशी, महासचिवमा राघबसिंह थापा, सचिवमा सफला खडका र कोषाध्यक्षमा दिना श्रेष्ठ चयन भएका छन् । यसैगरी कार्य समिति सदस्यहरुमा हिम्मतबहादुर बिष्ट, उद्धबबहादुर थापा, मनोजकुमार न्यौपाने, भीमसेन बञ्जारा, ओमकृष्ण श्रेष्ठ, नवराज थापा क्षेत्री, धनरानी केसी, पोषकलाल, श्रेष्ठ, रेश्मा बुद्धाचार्य, उर्मिला कोइराला र सच्युत राज उप्रेती छन् ।

बार्षिक उत्सवको अवसरमा समाजको मुखपत्र गुञ्जनको लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले विमोचन गरेका थिए । बार्षिक उत्सवमा महासचिव मधुसुधन गुरागाईले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष दिना श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजका अध्यक्ष नारायणसिंह महत लगायतले काभ्रे समाजको महत्वबारे चर्चा गरेका थिए ।


Read Previous

बढ्दो उत्पादन र सुस्त खपत वृद्धिः बर्खाकाे विद्युत खेर जाने त्रास

Read Next

सेवा चुस्तदुरुस्त बनाउन स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन

Leave a Reply

Your email address will not be published.