Nepal Purbadhar

सेवा चुस्तदुरुस्त बनाउन स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन


काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन बनाउन स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ ।

स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सूचना जारी गरी उक्त निर्देशन दिएको हो । अत्यावश्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवाको अनुमति बहाल रहँदासम्म सेवाग्राहीले बिनाकुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी सेवा चुस्तदुरुस्तरूपमा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

सेवा अतिआवश्यकरूपमा वर्गीकरण गरिएकाले अनुमति बहाल रहँदासम्म नियम–कानुनको पालना गर्दै निरन्तर सञ्चालन गर्नुपर्ने दायित्व रहने प्राधिकरणले जनाएको छ ।


Read Previous

काभ्रे सेवा समाजमा केसी

Read Next

निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे