Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने  

पाेलमा लत्रिएका केबल हटाउन तुलसीपुरका सेवा प्रदायकलाई विद्युत प्राधिकरणकाे ताकेता 


दाङ । नेपाल विद्युत प्राधिकरणले दाङकाे तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीलाई विद्युतीय पाेलमा अव्यवस्थित रूपमा लत्रिएका केबल हटाउन ताकेता गरेकाे छ । विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले पहिले नै सूचना दिएर विद्युतीय पाेलमा जथाभावी लत्रिएका केबल हटाउन भने पनि सेवा प्रदायकले नटेरेपछि फेरि ध्यानाकर्षण गराएको हाे ।

नेपाल टेलिकमसहित १२ वटा सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर केबल हटाउन ताकेता गरेकाे प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएकाे छ । केबल नहटाउँदा बजार कुरुप बनेकाले उपयाेग बिहिन केबल हटाउन १५ दिने सूचना जारी गरेको वितरण केन्द्र प्रमुख ज्ञानप्रसाद फर्सालले बताए ।

“सूचना जारी गरेको १५ दिन हुनै लागेको छ । हामीले चिठी पनि पठाएका थियौं”, उनले भने, “कार्यालयमा पुग्दा कसैले त्यो पत्रसमेत खाेलेर हेरेकाे अवस्था छैन ।” उनले सूचना जारी गरेर हटाउन भने पनि अहिलेसम्म  तुलसीपुर बजारमा प्रयाेगबिहिन अवस्थाका केबल लत्रिरहेकाे बताए ।

कुनै घरमा ‘नेट’ हटाएमा तार त्यहीं छोड्ने गरिएकाले केबल अव्यवस्थित छन् । यही कारण सेवा प्रदायकले आफ्ना तार आफैँ हटाउने सहमति विद्युत प्राधिकरणसँग भएकाे थियाे ।

साेही सहमति कार्यान्वयन गर्न विद्युत प्राधिकरणले सेवा प्रदायक कम्पनीका कार्यालयमा चिठी पठाएको भए पनि सोहीअनुरुप काम नभएको उनले गुनासाे गरे । कार्यालयमा पुगेर ध्यानाकर्षण गराए पश्चात केबल नेट हटाउने प्रतिबद्धतासमेत व्यक्त गरेको भन्दै केही दिनमा हटाइसक्ने प्रतिबद्धता आएको प्रमुख फर्सालले बताए ।

तुलसीपुर क्षेत्रमा नेपाल टेलिकम, एनसिएललगायत १२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीसँग समन्वय गरेर काम लाग्नेलाई एकठाउँमा बाँध्ने र लामो समयदेखि काम नलाग्ने अवस्थामा रहेका तारलाई निकाल्ने भनी सहमति भएको थियो । यसअघि नेट बिग्रिने, पोल ढल्ने हुँदा मात्रै तार हेर्ने चलन थियो ।

त्यस्तै, घरमा नेट बन्द गरे पनि त्यो तार त्यही पोलमा छोड्ने कार्य हुन्थ्यो । यही कारण पनि बजार कुरुप बन्दै गएको उनले बताए ।


Read Previous

हटिया-ताराखोला सडककाे थपेकाे म्याद सकियो, सकिएन कालोपत्रे   

Read Next

नबिल बैंकको हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

Leave a Reply

Your email address will not be published.