Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

नबिल बैंकको हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक


काठमाडौं । नबिल बैंकले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले पूर्वाधार तथा परियोजना वित्तीय डिभिजन अन्तर्गत ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ का लागि हरितगृह ग्यास (जिएसजी) उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको हो ।

सन् २०२१ मा कार्बन एकाउन्टिङ फाइनान्सियल (पिसिएएफ) हस्ताक्षरकर्ताहरू मध्ये एकको हैसियतले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रको अंशका रूपमा यो प्रतिवेदन सार्वजनिक गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार आइपिएफ पोर्टफोलियोले ऊर्जा, सिमेन्ट, एयरलाइन्स, दूरसञ्चार सेवा जस्ता व्यवसायिक क्षेत्रहरूमा लगानी र ऋणको दायरा समावेश गर्दै आएको छ ।

आइपिएफ पोर्टफोलिले दिगो बैंकिङ डिभिजन अन्तर्गत बैंकको ऋण र लगानी पोर्टफोलियोबाट कार्बन उत्सर्जन मापन गर्न सेट गरिएको थियो । प्रतिवेदन अनुसार सन् २०२२ मा कूल ८० हजार ६ सय ७१ टन कार्बन उत्सर्जन भएकोमा बैंकले जलविद्युत तथा सौर्य ऊर्जामा गरेको लगानीले २ हजार १ सय ३१ टन कार्बन उत्सर्जन न्यूनिकरण भएको प्रतिवेदन रिर्पोटमा जनाइएको छ ।

कार्बन उत्सर्जन न्युनिकरणमा हासिल गरेको सफलता महत्त्वपूर्ण भए पनि कार्बन फुटप्रिन्ट घटाउन सक्रिय रूपमा काम गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए । नबिल दिगो भविष्य निर्माणमा समर्पित रहेको बताउँदै उनले यसका लागि सामूहिक पहल आवश्यक रहेको बताए ।

‘हाम्रो लक्ष्य प्राप्त गर्न पारदर्शिता आवश्यक छ । नेट शून्य कार्बन फुटप्रिन्टको लक्ष्य हासिल गर्न बैंकले गर्ने लगानीबाट प्राप्त प्रगतिबारे जानकारी गराउँदै जानेछौं,’ उनले भने ।

नबिल नेपालको पहिलो निजी क्षेत्रको बैंक हो । यो बैंकले बैंकिङ उद्योगमा वित्तीय सेवा विस्तार र दिगोपनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । बैंकले स्थापना गरेको दिगो बैंकिङ इकाई नयाँ बैंकिङ संस्कृतिको थालनी हो ।


Read Previous

पाेलमा लत्रिएका केबल हटाउन तुलसीपुरका सेवा प्रदायकलाई विद्युत प्राधिकरणकाे ताकेता 

Read Next

विमानस्थल पुग्ने सडक तत्काल मर्मत गर्न भौतिक पूर्वाधार मन्त्री श्रेष्ठकाे निर्देशन

Leave a Reply

Your email address will not be published.