Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

निर्माण थालेकाे २ दशकछि धोबीखोला करिडोर ९६ प्रतिशत पूरा 


काठमाडाैं । निर्माण सुरु भएको २ दशकपछि बल्ल धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ । पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति ९६ प्रतिशत पुगेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

मर्मतका केही काम बाँकी रहेकामा अहिले भइरहेको प्राधिकरणका इञ्जीनियर सज्जन कुँवरले जानकारी दिए । सङ्खमूलबाट कपनसम्मको करिडोरमा हाल निलो पुल नजिकै अब ५/६ घर मात्रै अधिग्रहण गर्न बाँकी रहेको उनले बताए ।

याे क्षेत्रमा जग्गा अधिग्रहण गरेर सडक खोल्न बाँकी रहेको छ । बूढानीलकण्ठ नगरपालिका–२ मा पहिरो जाने खण्डमा पनि निर्माणको काम थोरै बाँकी रहेको छ । उनले अब करिब ५ सय मिटर सडक खोल्न बाँकी रहेकाे बताए ।

करिडोरमा पर्ने पुल निर्माणको काम कुनै प्रदेश सरकार त कुनै सङ्घीय सरकारको डिभिजन सडक कार्यालयले गरिरहेका छन् । करिडोरमा प्राधिकरणले पैदलयात्रुमार्ग बनाएको थियो । विभिन्न संरचना निर्माणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणले पैदलयात्रुमार्ग भत्काएको छ ।

“जुन–जुन निकायले बिगार्ने र भत्काउने गरेको छ उसले नै बनाइरहेको छ । कतै भइसकेको छ र कतै भइरहेको छ ,”उनले भने ।
करिडोरमा नै पुलमुनिको सडक (अन्डरपास)ले गर्दा मुख्य सडकको सवारी चाप व्यवस्थापनमा सहयोग पुगेको छ ।

यी अन्डरपासमा वर्षाको समयमा भने सडकमा पानी जम्ने समस्या छ । पुलमुनि पानी जाने ठाउँ नभएकाले वर्षाले सडक डुब्नु स्वभाविक भएको इञ्जीनियर कुँवरले बताउनुभयो । आधा एक घण्टा पानी पर्दा सडक तत्काल डुबे पनि केही समयपछि पुनः पानी खोलामा गएर सडक चालु हुने गरी मिलाइएको उनले बताए । “सकेसम्म सडकमा पानी धेरै नजमोस् भनेर तर खोलाको सतह घटेपछि पानी हट्ने गरेर मिलाइएको छ ,” उनले भने ।

पहिले झन्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना सुरु भए पनि पछिल्लो समयमा कार्यक्षेत्र विस्तार गरिएको छ । पहिले करिडोर योजनामात्रै रहेकामा हाल धोबीखोला करिडोर तथा कपन बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना बनाइएको छ ।

उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०५९ साल बैशाखमा याे करिडोरको निर्माण सुरु गरेको थियो । २०६४ पुसदेखि प्राधिकरण (तत्कालीन काठमाडौं उपत्यका नगर विकास समिति) ले निर्माण गर्दै आइरहेको छ ।

करिडोरको निर्माण सम्पन्न हुन लागे पनि सडक अरु निकायको संरचनाका कारण यात्रुले सजिलोरूपमा हिँड्न पाइरहेका छैनन् । विगतमा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरूले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गरेका थिए ।

सहरी विकास मन्त्रालयले धोबीखोलासँगै बागमती, मनोहरा, हनुमन्तेलगायतका नदीमा समेत करिडोर निर्माण अघि बढाइरहेको छ । नदीको दुवैतर्फ निर्माण हुने करिडोरले मुख्य सडकको जाम कम गर्न सहयोग गरेका छन् ।


Read Previous

७ वर्षसम्म पुल निर्माण नगर्ने ठेकेदारलाई कारबाहीकाे चेतावनी    

Read Next

हेटौंडा सिमेन्ट उद्याेगकाे उत्पादन बन्द, सञ्चालन हुन एक साता लाग्ने

Leave a Reply

Your email address will not be published.