Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

विदेशमा रोजगारी गरिरहेकाकाे लागि छुट्याएकाे मेन्छियाम हाइड्रोपावरको साधारण शेयर बाँडफाँड 


काठमाडौं । विदेशमा रोजगारी गरिरहेका नेपालीलाई निष्काशन गरिएको मेन्छियाम हाइड्रोपावरको साधारण शेयर बाँडफाँड गरिएको छ ।

रितपूर्वक प्राप्त भएका आवेदकलाई गोलाप्रथाको माध्यमबाट १० कित्तादेखि १ हजार कित्ता शेयर आवेदन गर्ने १० हजार ८५१ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले जम्मा १ लाख ८ हजार ५१० कित्ता शेयर बाँडफाँड गरिएको छ ।

बाँकी रहेको ७ कित्ता शेयर २० कित्तादेखि १ हजार कित्ता शेयर आवेदन गर्ने आवेदकमध्ये शेयर पर्न सफल आवेदकहरुलाई पूनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता शेयरका दरले ७ कित्ता शेयर ७ जना आवेदकहरुलाई निष्काशन गरिएको छ ।

श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुबाट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार १ लाख ८ हजार ५१७ कित्ता शेयरको लागी आवेदन खुल्ला गरिएको थियो । जसमा सि—आस्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट निष्काशन तथा बिक्री खुल्ला गरेको समयमा जम्मा १८ हजार १०७ जना आवेदकले ४ लाख ९९ हजार ७५० कित्ता शेयरको लागि आवेदन दिएका थिए ।

तिमध्ये सि—आस्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट विभिन्न कारणबाट १ हजार २९६ जना आवेदकहरुबाट प्राप्त जम्मा ६१ हजार ६७० कित्ता शेयरको लागि आवेदन रद्द भएको थियो ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याइएको साधारण शेयर बाँडफाँड गरिएको हो । मेन्छियाम हाइड्रोपावरको साधारण शेयर फागुन १० देखि २५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

एन आई सी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको हो ।


Read Previous

धुलिखेल-खावा सडक बिस्तार ढिलाइ

Read Next

लेख रचनाका लागि आह्वान

Leave a Reply

Your email address will not be published.