Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

धुलिखेल-खावा सडक बिस्तार ढिलाइ


काभ्रे । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमागअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।

निर्माणको सुरु भएको नौ महिना बितिसक्दा १० प्रतिशत मात्रै काम भएको जनाइएको छ । उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालीबीच सम्झौता गरेको थियो ।

मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै उक्त सडकखण्डमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्न लागिएको छ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो ।

कार्यालयका इञ्जिनियर नेत्र देवकोटाले काममा ढिलाइ भएपछि कार्यालयले यस अवधिमा सात वटा पत्र काटेर ढिलाइ हुनुका कारण सोधेको जानकारी दिए । सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग २० करोड १९ लाख रूपैयाँमा सम्झौता गरिएको थियो ।

कार्यालयका अनुसार निर्माण व्यवसायीले हालसम्म कुनै पत्रको जवाफ पठाएका छैनन् । पत्रको बेवास्ता गरेपछि कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्को खम्बा स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेको जनाएको छ । कार्यालयबाट पटक, पटक मौखिक एवं लिखित निर्देशन दिएको तथा गत माघ १० र फागुन ७ मा निर्माण कम्पनीका अध्यक्षलगायतको संयुक्त बैठकमा प्रतिबद्धता गरेअनुसार काम नभएकाले स्पष्टीकरण सोधिएको देवकोटाको भनाइ छ ।

सडक स्तरोन्नति तथा विस्तारमा भएको ढिलाइका विषयमा गत फागुन २७ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मत सम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको थियो । सम्झौता अनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ । रासस


Read Previous

हिंसा नियन्त्रण गर्न विद्युतीय साक्षरतामा जाेड

Read Next

विदेशमा रोजगारी गरिरहेकाकाे लागि छुट्याएकाे मेन्छियाम हाइड्रोपावरको साधारण शेयर बाँडफाँड 

Leave a Reply

Your email address will not be published.