Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

वर्ल्डलिंकमा बिट्रिस इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डले गरे २ अर्बको संयुक्त लगानी


काठमाण्डौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई) तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को १ अर्ब ९८ करोड रुपैयाँको संयुक्त लगानी प्राप्त गरेको छ ।

 बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ताबाट ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड नेपाली रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपीयाँ बराबरको लगानी वर्ल्डलिंकले प्राप्त गरेको हो ।जुन इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा याे जानकारी दिइएकाे हाे ।

सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाईसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

वर्ल्डलिंक ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरु भएको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो, जसले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरुलाई गति दिने कार्य गरिरहेको छ । यो देशको सबैभन्दा ठूलो रोजगार प्रदायक कम्पनी पनि हो । हाल यस कम्पनीमा ५ हजार ५ सय कर्मचारीले रोजगारी पाएका छन् । बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप १ हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्नेछ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले पनि लगानीमार्फत सीप विकास र तालिम कार्यक्रमहरु विस्तार गर्न तथा स्वास्थ्य र सुरक्षा मापदण्डको गुणरस्तर अभिवृद्धिमा प्रगति हुने अपेक्षा गरेका छन् । वर्ल्डलिंकले कर्णाली,उच्च पहाडी र कम विकसित क्षेत्रमा समेत फाइबर टु दि होम (एफटीटीएच) मार्फत सेवा दिन सफल भएको छ । साथै कम्पनीको इन्टरनेट सेवा छत्रकोट गाउँपालिका र रुरु गाउँपालिका जस्ता देशका विभिन्न ग्रामीण भागमा पुगेको छ । कम्पनीसँग हाल २० लाखभन्दा बढी होमपास (पोर्ट) को क्षमता छ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरेनेट विस्तारको गतिविधिहरुलाई गति दिनेछ । वर्ल्डलिंकले साना तथा मझौला उद्यमी तथा घरपरिवारलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउनेछ । गुणस्तरीय इन्टरनेटले उद्यमहरुको विकासलाई मात्र होइन, अन्तर्राष्ट्रिय बजारसँग पनि जोड्नेछ ।

अन्य एशियाली राष्ट्रहरुको तुलनामा, नेपालको पहुँच डिजिटल पहुँचमा कम छ, जसले समुदाय र व्यवसायको विकासमा वास्तविक चुनौतीहरु सिर्जना गरेको छ । सर्वसाधारणका लागि सस्तो र गुणस्तरीय इन्टरनेटको पहुँचमा सुधारले नेपालको आर्थिक वृद्धि र समग्र विकासमा योगदान पु¥याउनेछ । यो संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यमध्ये एक पनि हो ।

वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवाल लगानीकर्ताको विश्वासमा आँच आउन नदिने कुरामा पनि प्रतिवद्ध रहेको र यो २७ वर्षको समर्पण र दूरसञ्चार क्षेत्रमा विश्वासको परिणाम भएको बताए । ‘बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले देखाएको हृदयपूर्ण सहायताले वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा रुपान्तरण गर्ने लक्ष्य राखेको छ’ उनले भने ।

उनले यो साझेदारीले ‘जुनसुकै बेला र जहाँ पनि जडान’ गर्ने कम्पनीको उद्देश्यलाई अभिप्रेरित गरेको र नेटवर्कको विस्तारका लागि गति दिन थप उत्साह प्रदान गरेको उल्लेख गरे ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टका प्रविधी र टेलिकमका प्रबन्ध निर्देशक तथा प्रमुख अभिनव सिन्हाले अनुभवी संस्थापक र व्यवस्थापन टोलीको नेतृत्वमा वर्ल्डलिंकको विस्तार र प्रभावबाट प्रभावित भईरहेको बताए । ‘हामीले सन् २०१९ देखि कम्पनीमा लगानी गरेसँगै उनीहरुले हजारौ घरपरिवार र व्यवसायहरुलाई इन्टरनेटमा जोड्दै उनीहरुको पहुँचमा उल्लेखनीय वृद्धि गरेका छन’ उनले भने । दोस्रो लगानीले वर्ल्डलिंकलाई नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवाको साथमा पुग्न कठिन क्षेत्रमा थप प्रवेश गर्न, थप रोजगारी र स्थानीय अर्थतन्त्रमा वृद्धिलाई प्रोत्साहन गर्ने अवसरहरु सिर्जना गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ‘बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टले विश्वव्यापी रुपमा इन्टरनेट पहुँच प्रदान गर्न प्रयासरत रहेको वर्ल्डलिंकलाई आफ्नो समर्थन जारी राखेको देख्दा म खुसी लागेको बताइन् । ‘नेपालमा दिगो आर्थिक विकासका लागि डिजिटल रुपान्टरण एक प्रमुख कारक हो र यस क्षेत्रका घर परिवार र व्यवसावहरुलाई समर्थन गर्नेजस्ता लगानीहरु महत्वपूर्ण छन्’ उनले भनिन् ।

डोल्मा फण्ड म्यानेजमेन्टका संस्थापक र प्रमुख कार्यकारी अधिकृत प्राध्यापक टिम गोचर ओबीईले छोटो अवधिको आर्थिक फड्को मार्ने नेपालको सबैभन्दा राम्रो मौका भनेको डिजिटल उद्योग भएकोमा जोड दिए । ‘हामीले हाम्रो प्रविधि लगानीमा असाधारण वृद्धि देखेका छौ, एआई सेवाहरुमा मात्र ५ हजार भन्दा बढी नेपालको लागि गुणस्तरीय रोजगारी छ । तर यी कामहरु मुख्यतया सहरी क्षेत्रहरुमा सीमित छन्’ उनले भने ।

उनले जहाँ ब्रोडब्यान्ड छिटो र अधिक विश्वसनीय छ, वर्ल्डलिंकमा हाम्रो लगानी, कम्पनीको साझेदारी बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टसँगसँगै रोजगारीहरुलाई थप क्षेत्रहरुमा पुग्न सक्षम बनाउने हुने उनको भनाइ छ । यसले गर्दा स्वास्थ्य, शिक्षा, वित्तिय र व्यापारदेखि व्यापार सेवाहरुमा राम्रो पहुँचका साथै विश्वव्यापी डिजिटल अर्थतन्त्रमा व्यापक सहभागिता हुनेछ ।


Read Previous

आँधिखोलाको विद्युत महसुल समायोजन गर्न शुक्रबार सार्वजनिक सुनुवाई

Read Next

सुधारोन्मुख देखिएको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्था गरौंः वरिष्ठ उपाध्यक्ष ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *