Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

बसहाजोरी-बेतहा सडक खण्डकाे निर्माण सुरु भएपछि स्थानीय हर्सित  


गोलबजार । सिरहाको लहान नगरपालिका–९ बसहाजोरीदेखि बेतहासम्म सडक निर्माण सुरु भएपछि स्थानीयबसी हर्षित भएका छन् । नगरपालिकाकाे उत्तरी दुर्गम भेगमा मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको  ४ करोड ८० लाख ८५ हजार रुपैयाँ लागतमा याे सडक खण्डकाे निर्माण सुरु भएपछि स्थानीयबासीमा खुसी छाएकाे हाे ।

एक निर्वाचन क्षेत्र एक पिच सडक कार्यक्रमअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१)  मा निर्माण हुन लागेको उक्त सडक चालू आर्थिक वर्षमा सक्ने गरी काम भइरहेको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर रामदेव खड्काले बताए ।

अहिले साढे ३ किलोमिटर लामो तथा ३० फिट चौडाइको सडक निर्माण भइरहेको छ । ३ हजार ४ सय मिटर सडकमध्ये ९ सय मिटर आरसिसी ढलान र २ हजार ६ सय मिटर अस्फालट कङ्क्रिटसहितको सडक बनाउन माटो सम्याउने कार्य भइसकेको छ ।

६ वटा स्ल्याबसहित कल्र्भटको कार्य अन्तिम चरणमा पुगेकाे सडक  कार्यालयका इन्जिनियर रुद्धनारायण पण्डितले बताए । याे सडकको ठेक्का चितवनको ओएसिस इन्जिनियर एन्ड बिल्डर्सले पाएको छ ।

हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे रहने याे सडक खण्ड निर्माण भइरहेको देखेर स्थानीयवासी खुसी भएका छन् । बाटोको अभावमा दुर्गम क्षेत्रका रूपमा परिचित यो क्षेत्रमा अब सडक निर्माणले सुगममा परिणत हुने लहान नगरपालिका-९ का वडाअध्यक्ष धुव्र चौधरीले बताए ।

सडकको अभावमा आपत बिपतको बेलामा समयमै बारुद्धयन्त्र वा एम्बुलेन्स बोलाउन सपना जस्तै भएको थियो । तर, अहिले सडक निर्माण भएपछि सहज भएको स्थानीयवासी श्याम सदायले बताए । सडक निर्माण भएपछि सार्वजनिक सवारीसाधनका रुपमा तीन पाङ्ग्रे टेम्पु आउन थालेको स्थानीयवासी रीता चौधरीले उल्लेख गरिन् ।

लहान नगरपालिका–१५ मा अवस्थित धार्मिकस्थल पञ्चावती राजदेवी मन्दिर तथा सोही वडामा रहेका हात्तीदह र दह सिमसार पर्यटकीय क्षेत्र जाने मुख्य बाटो समेत भएकाले यहाँ आन्तरिक पर्यटक बढ्नसक्ने अपेक्षा गरिएको छ ।


Read Previous

चालू आवकाे ८ महिना सकिँदा बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै   

Read Next

नयाँ-नयाँ उडान गन्तव्यमा जोडिँदै पोखरा

Leave a Reply

Your email address will not be published.