Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

खन्ती-जोमसोम सडककाे कालोपत्र गर्न सुरु 


जोमसोम । मुस्ताङस्थित खन्ती-जोमसोम सडककाे कालोपत्र गर्न सुरु गरिएकाे छ । थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने याे सडककाे कालोपत्र गर्न सुरु गरिएकाे हाे ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६.५ किलाेमिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रको काम भइरहेकाे छ । आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी–पार्वती जेभीले जेभीले खन्तीदेखि जोमसोमतर्फ आस्कपाल्ट प्रविधिको कालोपत्र गर्न थालेको जानकारी दिए ।

“एक किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिसकेको छ”, उनले भने, “ठेकेदारसँग हाल ४ किलोमिटर सडक कालोपत्र गर्न पुग्ने बिटुमिन मौज्दात छ । थप बिटुमिन र अन्य सामग्री जुटाएर जोमसोमसम्म कालोपत्र गर्ने प्रतिबद्धता जनाएको छ ।”

विस्तार, नाली र पर्खाल निर्माण सकेर ग्राभेल भएको ठाउँमा ११ मिटर चौडाइका दरले कालोपत्र हुन लागेको हो । यो सडक कालोपत्र गर्न २०७३ असारमा पप्पु–गौरी–पार्वती–कोसी एण्ड न्यौपाने जेभीसँग ९९ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

साझेदार मध्य पप्पु र कोसी एण्ड न्यौपानेका सञ्चालकले काम नगरेपछि एक वर्षदेखि रोकिएको सडककाे कामलाई गौरी एण्ड पार्वतीले पूर्णता दिन लागेको आयोजनाले जनाएको छ । सडक निर्माणको काम अलपत्र पारेका सञ्चालक सम्पर्कमा नआएपछि आयोजनाले गत पुसमा कालोसूचीमा राख्ने चेतावनीसहितको सूचना जारी गरेको थियो ।

कालोसूचीबाट जोगिनका लागि गौरी पार्वतीले काम अघि बढाउने जिम्मेवारी लिएको छ । गौरी पार्वतीले आयोजनाअन्तर्गतनै ठेक्का लिएको चराङ–छोसेर खण्डको २५ किलोमिटर खण्डको काम पनि अघि बढाउन लागेको आयोजना प्रमुख प्रजापतिले बताए । ग्राभेलका लागि ५८ करोड २६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको यो खण्डको ९० प्रतिशत निर्माण सकिएको छ ।


Read Previous

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक बन्न २१ जनाको आवेदन

Read Next

सेखुवा–चखेवाभञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

Leave a Reply

Your email address will not be published.