Nepal Purbadhar

सामाजिक सञ्जालमार्फत अशान्ति फैलाएको आरोपमा २५ युवा पक्राउ

सांकेतिक तस्बीर।


सिरहा। सामाजिक सञ्जालमार्फत समाजमा अशान्ति फैलाउने तथा सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा विभिन्न समूह तथा पेजको नाममा गालीगलौज र धम्कीपूर्ण सामग्री पोस्ट गर्दै सार्वजनिक शान्ति भंग गर्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने तथा राजमार्गमा होहल्ला गरी आतंक सिर्जना गर्ने गतिविधिमा संलग्न युवामाथि कारबाही गरिएको हो।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकाका १२ जना र सिरहा जिल्लाका विभिन्न स्थानका १३ जना रहेका छन्। उनीहरूलाई २१ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको छ। सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा असामाजिक गतिविधि फैलाउने तथा सार्वजनिक सुरक्षामा असर पार्ने कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी समेत प्रहरीले दिएको छ।

प्रहरीले शान्तिपूर्ण र सभ्य समाज निर्माणका लागि यस्ता गतिविधिबाट टाढा रहन तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


Read Previous

वीरगञ्ज नाकाबाट ४ अर्बभन्दा बढीका विद्युतीय सवारीसाधन आयात

Read Next

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar