Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन

ललितपुरमा सडक ढलान शुरू


ललितपुर । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्वर ४, स्वस्तिक टोलमा सहरी विकास मन्त्रालय अन्तर्गत जिल्ला आयुक्तको कार्यलय ललितपुर मार्फत सडक ढलानको कार्य शुभारम्भ भएको छ |

सडक ढलान योजना अन्तर्गत ५२ लाख लागतमा करिव ३०० मिटर सडक रिना/ के. एण्ड जे. जेभी कम्पनी मार्फत निर्माण गर्न लागिएको छ । महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले ढलान कार्यको शुभारम्भ गरिन । ‘आफु नगरवासीको विकास निर्माण कार्यको उत्कट चाहाना परिपूर्ति गर्न जनप्रतिनिधिका रुपमा निर्वाचित भए पनि सिमित बजेट र जनअपेक्षा अनुसार काम गर्न कठिन भएकाे छ’ उनले भनिन् ।

टोल विकास संस्थाले राज्यका विभिन्न निकायहरुसंग समन्वय गरेर विकास निर्माणलाई जुन गतिमा अघि बढाई रहेको छ त्यो अत्यन्त अनुकरणिय रहेकाे उनकाे भनाइ छ ।  साथै उपमेयर महर्जनले स्वसतिक टोलमा बाँकी रहेका विभिन्न भौतिक निर्माणका कार्यका लागि नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष अमृत खत्रीले विद्यमान स्वस्तिक टोल क्षेत्र केही समय अगाडीसम्म गुणात्मक मानववस्तीका लागि त्यति उपयूक्त नदेखीएता पनि हाल वडा नमूना वस्तिका रुपमा विकास भई रहेको बताए । उनले यसको सम्पुर्ण जस स्वस्तिक टोलविकास सस्थालाई जाने भन्दै सम्पुर्ण टोलवासीप्रती कृतज्ञता व्यक्त गरे |

जिल्ला आयुक्तको कार्यलय ललितपुरका ईन्जिनियर शम्भु मण्डलले उक्त आयोजनालाई अत्यन्त उच्च गुणस्तरको एवं निर्धारित समयमै सम्पन्न गर्न आयुक्तको कार्यलयले प्रभाबकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए |

संस्थाका अध्यक्ष बालसिंह पोखरेलले भौतिक पुर्वाधार निर्माण कार्य एवं वजेट विनियोजनमा योगदान दिनुहुने राज्यका विभिन्न निकायहरुलाई कृतज्ञता व्यक्त गरे । सस्थाले आधारभूत भौतिक पुर्वाधार निर्माणका कार्य यसै आर्थिक वर्षभित्र सम्पादन गर्ने प्रतिबद्धताका साथै सम्पुर्ण टोलवासीहरुलाई समुन्नत सामाजिक निर्माणमा साथ दिन अनुरोध गरे | उक्त योजना निर्धारित समयमै सम्पादन गरिने निर्माण कम्पनीका संचालक एकबहादुर सिलवालले जानकारी दिए |


Read Previous

यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने

Read Next

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण

Leave a Reply

Your email address will not be published.