Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण


काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को छ महिनामा ५६ अर्ब ४६ करोड रुपैयाँ ऋण उठाएको छ। सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन्।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालू आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म ३० अर्ब रुपैयाँ आन्तरिक र २६ अर्ब ४६ करोड रुपैयाँ बाह्य ऋण उठाएको छ।

चालू आवका लागि सरकारले दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो। जसबाट वार्षिक बजेटको १४ दशमलव तीन प्रतिशत स्रोत बेहोर्ने सरकारको योजना थियो। तर गत पुस मसान्तसम्ममा सरकारले ३० अर्ब रुपैयाँ बराबर मात्रै आन्तरिक ऋण उठाएको छ। यो अवधिमा संघीय सरकारले लिएको आन्तरिक ऋणमध्ये १५ अर्ब रुपैयाँको एक वर्षे ट्रेजरी बिल, आठ अर्बको दुई वर्षे विकास ऋणपत्र, दुई अर्बको तीनवर्षे विकास ऋणपत्र र पाँच अर्ब रुपैयाँको चारवर्षे ऋणपत्र जारी भएका छन् । सोही अवधिमा सरकारले तिरेको आन्तरिक ऋणको साँवा ब्याज भने ८३ अर्ब तीन करोड रुपैयाँ बराबर छ।

चालू आवका लागि ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ बराबर अनुदान र दुई खर्ब ४२ अर्ब रुपैयाँ बराबर बाह्य ऋण लिने सरकारको योजना थियो।

गत पुस मसान्तसम्म सरकारले लिएको वैदेशिक अनुदानको वास्तविक प्राप्ति भने आठ अर्ब १२ करोड र कुल वैदेशिक ऋण २६ अर्ब ४६ करोड रुपैयाँ बराबर छ । तर सोही अवधिमा विभिन्न दातृ निकायले अनुदान सहायतातर्फ २३ अर्ब १२ करोड १० लाख र सहुलियतपूर्ण ऋणतर्फ एक खर्ब १४ अर्ब रुपैयाँ बराबर प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

विकास पूर्वाधार आयोजनाको कार्यान्वयन प्रभावकारी हुन नसक्दा वैदेशिक अनुदान र ऋण लक्ष्यअनुसार लिन नसकिएको अर्थ मन्त्रालयले जनाएको छ।

‘कमजोर आयोजना व्यवस्थापन तथा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण वैदेशिक सहायतामा सञ्चालित आयोजना कार्यान्वनयमा सुस्तता आई पुँजीगत खर्च न्यून हुन गएकाले त्यसको प्रभाव विकास साझेदारले गर्ने सोझै भर्ना तथा शोधभर्ना रकममा पर्न गएको र समीक्षा अवधिमा वैदेशिक सहायता परिचालन न्यून भएको हो,’ बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ।

चालू आवको पहिलो तीन महिनासम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब ७ अर्ब ८४ करोड रुपैयाँ बराबर छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो तीन महिनाको प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको देखिन्छ। गत असार मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो तीन महिनामा नेपालको कुल बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ छ भने आन्तरिक ऋण नौ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ बराबर छ। यो आँकडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाह्य ऋण २४ अर्ब ३८ करोड रुपैयाँले बढेको र आन्तरिक ऋण २९ अर्ब ८३ करोड रुपैयाँले घटेको हो।


Read Previous

ललितपुरमा सडक ढलान शुरू

Read Next

पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

Leave a Reply

Your email address will not be published.