Nepal Purbadhar

शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

अर्थतन्त्र सुधारलाई देशको जीवन र मरणको रुपमा लिएको छु : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र सुधारको एजेन्डालाई जीवन र मरणकै सवालको रुपमा लिएर अघि बढिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको अवार्ड वितरण कार्यक्रममा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सुधारको विषयलाई गम्भिरतापूर्वक लिएको बताएका हुन ।

प्रधानमन्त्री दाहालले आफूले पदभार सम्हालेदेखि नै अर्थतन्त्र सुधारको प्रयत्न गर्दै आइरहेको दावी गरे । ‘नेपालको अर्थतन्त्र सुधारको विषयलाई मैले प्रथामिकतामा मात्रै होइन, मैले यो विषयलाई जीवन र मरणकै सवालको रुपमालिदैँ आइरहेको छु,’ प्रधानमन्त्रीले भने ‘यो मेरो सफलता र असफलतासँग मात्रै जोडिएको छैन ।

सरकार, नेपाली समाज र राष्ट्र नै असफलतासँग जोडिने विषय भएकाले गम्भिरतापूर्वक लिएर अघि बढीरहेको छु ।’ प्रधानमन्त्रीले आफ्नो एकल प्रयासले मात्रै अर्थतन्त्रमा सुधारको संकेत ल्याउन नसकिने भएकाले समग्रमा सबै क्षेत्रसँग साझेदारी गरेर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले अर्थतन्त्र सुधार्नका लागि रेडिकल स्वरुपमा सरकारी संरचनाहरु पुर्नसंरचना गर्न जरुरी भएको समेत बताए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा गम्भिर चुनौती र चाप बढेकाले पनि कार्यशैली फेरेर काम गर्नुपर्ने अवस्था आएको बताए । ‘अब पनि हिजो कै अवस्थामा चलेर मुलुकको समृद्धि हासिल गर्न सकिदैन’ उनले भने ‘अबपनि अर्थतन्त्रलाई सुधार गर्नका लागि कोर्ष परिवर्तन गर्न निन्तात आवश्यक भइसक्यो ।’ अर्थमन्त्रीले बिग्रिएको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने प्रयास गरिरहेको बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सरकारले ल्याएका नीतिगत कार्यक्रम र योजनाबीचको तारतदम्यता नमिल्दा महत्वाकांक्षी योजना कार्यान्वयन हुन नसकेको बताए । ‘सरकारले घोषणा गर्ने कार्यक्रम र कार्यान्वयनबीचको समन्वयको अभावको कारणले धेरै समस्या देखिएको छ,’ उनले भने ‘अबदेखि योजना निर्माण गर्दा कार्यान्वयन गर्न सकिने पक्षलाई मात्रै ख्याल गरेर अघि बढ्नुपर्ने बेला भइसकेको छ ।’नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विगत दुई महिनायता नेपालको अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको बताए ।

काठमाडौं विश्वविद्यालयका रजिष्टार तथा प्राध्यापक अच्यूत वाग्लेले मुलुकको अर्थतन्त्र परनिर्भरतातर्फ गइरहेकोले समयमै सचेत हुनुपर्ने बताए । ‘नेपालको अर्थतन्त्र परनिर्भरको बाटोतर्फ गइरहेको छ,’ उनले भने ‘यस्तै अवस्था रहने हो भने मुलुकले प्रगति गर्न सक्दैन । त्यसैले अर्थतन्त्र सुधारको लागि समयमै काम गर्नुपर्ने बेला भइसकेको छ ।’ रजिष्टार वाग्लेले सरकारले पछिल्लो समय सार्वजनिक वित्त व्यवस्थापनमा देखिएका समस्याको अन्त्य गर्दै अघि बढ्नुपर्ने बताए ।

सेजन अवार्डबाट आधा दर्जन पत्रकार सम्मानित

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदानगर्ने सेजन अवार्डबाट आधा दर्जनभन्दा धेरै पत्रकार सम्मानित भएका छन् । सेजनले आइतबार आयोजित एक कार्यक्रमबीच पत्रकारहरुलाई अवार्ड प्रदान गरेको हो । अवार्ड छनोट समितिका संयोजक तथा सेजनका सस्थापक अध्यक्ष प्रतिक प्रधानले सेजन अवार्ड पाउने पत्रकारको सूची सार्वजनिक गरेका थिए ।

सेजन अवार्ड अन्नपूर्ण पोष्ट दैनिकका पत्रकारद्वय ममता थापा र सुरेन्द्र काफ्ले सम्मानित भएका छन् । स्वर्गीय भोला चालिसे लिबरल जर्नालिजम अवार्डबाट कान्तिपुर दैनिकका अर्थ ब्युरो प्रमुख कृष्ण आचार्य सम्मानित भएका छन् ।

सेजन ब्रोडकाष्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टेलिभिजनका विनय बञ्जरा, सेजन प्रीन्ट मिडिया अवार्ड टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी र सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडियाका माधवप्रसाद दुलाल सम्मानित भएका छन् । यस वर्षको सञ्जय न्यौपाने आर्थिक पत्रकारिता फेलोसिप कारोबार दैनिककी कौसिला कुवँरलाई प्रदान गरिएको छ ।


Read Previous

नेपाल विद्युत व्यवसायी महासंघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रेशमप्रसाद देवकोटा

Read Next

नेपाली अर्थतन्त्रको अबको बाटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *