Nepal Purbadhar

शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

नेपाल विद्युत व्यवसायी महासंघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रेशमप्रसाद देवकोटा


काठमाडौं । नेपाल विद्युत व्यवसायी महासंघले नयाँ कार्यसमिति चयन गरेकाे छ । महासंघकाे शनिवार सम्पन्न पाँचौं अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारी चयन गरिएकाे हाे ।

महासंघकाे अध्यक्षमा रेशमप्रसाद देवकोटा चयन भएका छन् । अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेकाे हाे । महासंघको प्रथम उपाध्यक्षमा प्रेमबहादुर जिसी, द्वितिय उपाध्यक्षमा कोमल पोखरेल र तृतिय उपाध्यक्षमा लेखनाथ सापकोटा निर्वाचित भएका छन् । महासचिवमा गोपाल अग्रवाल र्निाचित हुँदा कोषध्यक्षमा प्रकाशचन्द्र पाण्डेय चयन भएका छन् ।

यस्तै, महासंको सचिवमा विनोद लुईँटेल, सहकोषध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । निर्वाचित हुने सदस्यहरूमा खुल्लातर्फ शंकर पोखरेल,चन्द्रकान्त जैसी, राजेश गौतम, केशव ढकाल र शिवराज रिजाल रहेको महासंघले जनाएको छ ।

त्यसैगरी, प्रदेश सदस्यतर्फ प्रदेश–१ का लागि चन्द्रमणि देवकोटा, मधेश प्रदेशका लागि मनोजकुमार अग्रवाल, बागमति प्रदेशका लागि सरोजकुमार रेग्मी, लुम्बिनी प्रदेशका लागि राजु भण्डारी, कर्णाली प्रदेशका लागि लोकनाथ पोखरेल र सूदुरपश्चिम प्रदेशका लागि विण्णुराज भट्ट सहित २१ कार्यसमिति पदाधिकारी चयन भएका छन् ।


Read Previous

जयराम-हलेसी सडकमा खाल्डाखुल्डी धेरै हुँदा समस्या

Read Next

अर्थतन्त्र सुधारलाई देशको जीवन र मरणको रुपमा लिएको छु : प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *