Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु


काठमाडौं । दिगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दिगो विकास लक्ष्यमा नेपाल प्रतिवद्ध रहेको बताए।

‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालले गरेको प्रतिवद्धताअनुसार कार्वन उत्सर्जन न्यूनिकरणदेखि सडक दुर्घटना घटाउनेसम्मका विषयमा प्रतिवद्ध रहेको छ’ उनले भने। देशभर सहज यातायात पहुँचको विकास र सहरी क्षेत्रमा साइकल लेनको व्यवस्थापनमा पनि सरकार लागिरहेको उनको भनाइ छ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा बागमती प्रदेशका सासंद डा. दिनेशचन्द देवकोटाले यातायात क्षेत्रलाई केन्द्रित गरी सम्मेलनको आयोजना हुनुले धेरै विषयको उजागर गर्ने बताए । ‘यसले राम्रा अभ्यासलाई अझ प्रभावकारी बनाउन र कमजोरीलाई विदेशबाट सिक्न सहयोग पुग्नेछ’ उनले भने।

सोसाइटी अफ ट्रान्सपोर्ट इञ्जिनियर्स नेपाल (सोटेन) का अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले देशमा भइरहेको अभ्यास र विदेशमा भइरहेका अध्ययनबारे अनुभव आदानप्रदानको लागि महात्वपूर्ण हुने बताए । ‘यसले कमीकमजोरी सुधार गर्न र बाहिरका असल अभ्यासलाई अवलम्बन गर्न महत्वपूर्ण हुनेछ’ उनले भने।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले नेपालमा केही वर्ष पहिलेसम्म पनि पूर्वाधार आयोजना बैंकको विषय ठोस रूपमा अघि नबढेको बताए । तर, अहिले त्यसको लागि धेरै प्रयासहरू भएका छन् र यो सकारात्मक भएको उनको भनाइ छ।

‘अब पूर्वाधार आयोजनालाई प्राथमिकिकरण गर्नुपर्ने आवश्यकता छ। कुन आयोजना पहिले निर्माण गर्ने र कुनलाई पछि निर्माण गर्ने भन्ने विषयमा स्पष्टता भएपछि काम गर्न सहज हुनेछ’ उनले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अल्पविकसित देशकमो लागि पूर्वाधार निर्माण महत्वपूर्ण रहेकोमा जोड दिए। नेपालमा सडक दुर्घटनाको संख्या र त्यसबाट हुने मृत्यु डरलाग्दो रूपमा बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गरे। ‘यसमा सबै सरोकारवालाले समन्वय गरेर न्यूनीकरणको लागि भूमिका खेल्नुपर्छ’ उनले भने। सरकारले सडक सुरक्षा विद्येयक जलयातायात विद्येयक र राजमार्ग व्यवस्थापन विद्येयक तयार गरेको जानकारी दिए।

दुई दिनसम्म चल्ने सम्मेलन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात इञ्जिनियर समाज (सोटेन) ले आयोजना गरेको हो।सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यपत्र प्रस्तोता, सरोकारवाला, नीति निर्मातासहित सहभागी हुनेछन् । सम्मेलन मूख्यगरी एकिकृत यातायात पूर्वाधार विकासः यसका विषय र आगामी बाटोमा केन्द्रित हुने सोटेनका सचिव इञ्जिनियर हेमन्त तिवारीले जानकारी दिए।

सम्मेलनमा भारत, श्रीलंका, थाइल्याण्ड, चीन, कोरियालगायतका देशबाट प्रस्तुती हुनेछ । त्यस्तै, २८ भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यपत्र प्रस्तुत हुनेछन्।

सम्मेलनमा हवाइ, रेल, सडक र पानीमार्फत हुने यातायातको एकिकृत ढाँचा र पहुँच, सहरी यातायात पूर्वाधार र सेवा सुधार, एकिकृत यातायात सञ्चालनको लागि विकास गर्नुपर्ने नीतिगत तयारीमा कार्यपक्र प्रस्तुत हुनेछन्। त्यस्तै, विद्युतीय सवारीमा भएको उत्तम अभ्यासहरू, नन मोटराइज्ड यातायात, सार्वजनिक यातायात सुधार, यातायात पूर्वाधार विकासमा लगानी, अन्तरदेशीय यातायात र अन्तर्राष्ट्रिय व्यापार, यातायात सुरक्षा, सामान ढुवानी, यातायात पर्यटन, सहरी र क्षेत्रीय यातायात योजनालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।


Read Previous

अस्पताल भवन निर्माण : शिलान्यासको १८ महिना बित्दा जग समेत खनिएन

Read Next

पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण

Leave a Reply

Your email address will not be published. Required fields are marked *