Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण


ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण थालेको छ। गाउँपालिकाले वडा नं ४ चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पदमार्ग निर्माण सुरु गरेको हो।

धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौँदेखि प्रचारप्रसार नहुँदा ओझेलमा परेको वसन्तापखोरलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न पालिकाले यस वर्ष बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण थालेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए।

उपाध्यक्ष थापा भन्छन्, ‘पदमार्गले दुई वटा गन्तव्यलाई जोड्ने छ। तल जनजाति सङ्ग्रहालय छ, शिरमा वसन्तापखोर छ, यसले संस्कृति र पर्यटकीय गन्तव्यलाई जोड्ने हुँदा भविष्यमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिनेछ, अहिले पदमार्ग निर्माणको सुरुआती चरणमा छौँ, निरन्तर बजेट व्यस्थापन गर्दै जाने र पदमार्गलाई पूर्णता दिनेछौँ ।’

यस वर्ष गाउँपालिकाले विनियोजन गरेको दुई लाख रुपैयाँबाट पदमार्ग निर्माण थालिएको काठेखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुनले जानकारी दिए। पुनका अनुसार यस वर्ष करिब दुई समय मिटर ढलानसहितको पदमार्ग निर्माण गरिनेछ।

‘यस वर्ष बजेट थोरै थियो, धेरै काम गर्न नसके पनि सुरुआत गरेका छौँ, केही वर्षमा यसले पूर्णता पाउँछ, पदमार्ग निर्माणपछि वसन्तापखोरसम्म पुग्न सहज हुने र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरेका छौँ,’ उनले भने।

गाउँमा साँघुरो गोरेटो हुँदा स्थानीय तथा बालबालिका जोखिम मोलेर हिँड्ने गरेको भन्दै पदमार्ग निर्माणपछि पदयात्रा सहज हुने उनको भनाइ छ।

जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोर करिब १२ सय मिटरको दूरीमा पर्दछ। वसन्तापखोर उच्च पहाडमा पर्ने हुँदा यहाँबाट दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्नुका साथै बागलुङलगायतका धेरै ठाउँ यहाँबाट देख्न सकिन्छ।


Read Previous

एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

Read Next

माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा सुरु

Leave a Reply

Your email address will not be published.