
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा निर्वाचित भएका छन्। उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्।
वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएपछि लामा निर्विरोध निर्वाचित भएका हुन्।
यस्तै, इप्पानको उपाध्यक्ष पदमा नरेन्द्र बल्लभ पन्त, हिम पाठक, उत्तर कुमार श्रेष्ठ, सुसन कर्माचार्य तथा बिक्रम विष्ठ निर्वाचित भएका छन्।
महासचिवमा टीएन आचार्य निर्वाचित हुँदा उपमहासचिवमा कविता पोखरेल चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन्। यस पदका लागि निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो।
सचिव पदमा कुबेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई निर्वाचित भएका छन्।
इप्पानको २४औँ साधारणसभा तथा आठौँ अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो।


