Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

अस्पताल भवन निर्माण : शिलान्यासको १८ महिना बित्दा जग समेत खनिएन


जाजरकोट । बारेकोट गाउँपालिकामा १५ शश्याको अस्पतालका निर्माणका लागि शिलान्यास गरेको १८ महिना पुग्यो, तर अहिलेसम्म जग पनि खनिएको छैन।

गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको हो। यी तीनवटै निकायबीच अस्पतालको भवन निर्माणमा गोलमाल छ। गाउँपालिकाको दाबीअनुसार ठेकेदार कम्पनी (खानी/धुलिखेल/जेके बिल्डक्स जेभी)को लापरवाहीका कारण अस्पतालको भवन निर्माणमा ढिलाइ भएको हो। भवन निर्माणमा जग्गाको समस्या बताउँदै आएको ठेकेदार कम्पनीले भने दुई चरणमा गरी साढे दुई करोड बढी रकम लिइसकेको छ।

१५ शश्याको अस्पताल निर्माणका लागि निर्माण व्यवसायीले पहिलो चरणमा ८० लाख रुपैयाँ रकम पेश्की र दोस्रो चरणमा थप एक करोड ८१ लाख रुपैयाँ पेश्की लिइसकेको छ। सम्झौताअनुसार कुल लागतको दश प्रतिशत बजेट अग्रिम पेश्की लिएको हो। साढे दुई करोड बढी रकम लिइसकेको ठेकेदारले भने गाउँपालिकाले जग्गा उपलब्ध गराउन नसकेका कारण भवन निर्माणमा ढिलाइ भएको दाबी गरेको छ।

गाउँपालिकाले जग्गा नदिएर भवन बनाउन अवरोध गरेको ठेकेदारको दाबी छ। पन्ध्र शश्याको अस्पताल भवन बनाउन करिब ११ कठ्ठा जग्गा आवश्यक हुन्छ। तर हालसम्म लिम्सा स्वास्थ्यचौकीको नाममा चार रोपनीमात्र जग्गा रहेको छ। भवन निर्माण गर्न अस्पतालकै नाममा जग्गा धनीपुर्जा हुनुपर्ने कानुनी व्यवस्था रहेको छ। जसले गर्दा भवन निर्माणमा थप ढिलाइ भएको हो।

स्थानीय तहको हचुवाको निर्णयले अस्पताल निर्माणमा थप समस्या आएको ठेकेदारको भनाइ छ। तत्कालीन गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले अस्पतालको जग्गा प्राप्त नगरी भवन निर्माणको बोलपत्र गराएका थिए। तर गाउँपालिकाले भने ठेकेदारकै कारण भवन निर्माणमा ढिलाइ भएको जनाएको छ।

भवन निर्माणका लागि जग्गाको खासै समस्या नभएको बारेकोट गाउँपालिका उपाध्यक्ष निशान गिरीले बताइन्। ‘अस्पताल भवन बनाउन पर्याप्त जग्गा छ,’ उनले भनिन्, ‘तर ठेकेदारले तीनपटक म्याद थप गर्दासमेत काममा चासो दिएन ।’ ठेकेदारको लापरवाहीका कारण काम हुन नसकेको उनको दाबी छ। कर्मचारीहरू ठेकेदारसँग मिलेर भवन निर्माणमा थप ढिलाइ गरेको उपाध्यक्ष गिरीले बताइन्।

यता स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकाय सार्वजनिक जग्गा पर्याप्त नभएका कारण भवन निर्माणमा ढिलाइ भएको बताउँछन्। गाउँपालिकाले यही पुस २८ गते स्वास्थ्यको भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि विद्यालयको जग्गा प्राप्ति गर्ने निर्णय गरेको उनले बताए।

लिम्सामा १५ शश्याको अस्पतालको भवन निर्माणका लागि २३ करोड रुपैयाँ बजेट लागत अनुमान गरिएको थियो। ठेकेदारले घटेर १८ करोड ३९ लाख ४९ हजार दुई सय छ रुपैयाँमा निर्माणको ठेक्का लिएको गाउँपालिकाका इञ्जीनियर केशव श्रेष्ठले बताए।

भवन निर्माणका लागि गाउँपालिकाले विसं २०७८ असार १४ गते ठेकेदारसँग सम्झौता गरेको थियो। सम्झौतामा दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने उल्लेख छ। तर सम्झौता अवधि सकिन पाँच महिनामात्र बाँकी रहँदा भवन निर्माणको सुरुआतसमेत हुन सकेको छैन। तत्कालीन वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले अस्पतालको भवनको शिलान्यास गरेका थिए।


Read Previous

तुलसी ट्रेड टावर निर्माणको काम अघि बढ्यो

Read Next

एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

Leave a Reply

Your email address will not be published.