Nepal Purbadhar

जुम्लाको जोगिबाँडामा ६ करोडभन्दा बढी लागतमा पक्की पुल बन्ने

सांकेतिक रूपमा प्रयोग गरिएको जुम्लामा रहेको ऐतिहासिक काठेपुल।


काठमाडौं । जुम्लाको हिमा गाउँपालिका–३ स्थित जोगिबाँडामा हिमा नदीमाथि पक्की पुल निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको ६ करोड ३४ लाख रुपैयाँ बजेटमा पुल निर्माण प्रक्रिया अघि बढाइएको हो।

पूर्वाधार विकास कार्यालय जुम्लाका अनुसार मन्त्रालयबाट विनियोजित बजेटअन्तर्गत कार्यालयले बोलपत्र आह्वान गरेको थियो। उक्त पुल निर्माणका लागि दैलेखको मल्ल कन्ट्रक्सनसँग ६ करोड ३४ लाख रुपैयाँमा सम्झौता भइसकेको छ।

हिमा नदीमाथि पुल नहुँदा स्थानीयवासीलाई गाउँसम्म आवतजावत गर्न तथा सवारीसाधन सञ्चालन गर्न समस्या हुँदै आएको थियो।
पुल निर्माण सम्पन्न भएपछि बड्की, जोगिबाँडा, च्यामा र मोफ्ला गाउँका स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

पुल बनेपछि स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य वस्तु बजारसम्म पुर्‍याउन सहज हुनेछ । पुल ४० मिटर लामो हुनेछ भने पूर्वाधार विकास कार्यालयले आगामी दुई वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।


Read Previous

एलडीसी ग्र्याजुएसनबारे प्रधानमन्त्रीको भनाइ: ‘देशलाई पैसा चाहियाछ, पैसा बढाउनेतिर ध्यान गाछ हाम्रो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar