Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

जनवरीमा भित्रिए ५५ हजार पर्यटक


काठमाडौं । अंग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार २०२३ को पहिलो महिना जनवरीमा विभिन्न मुलुकबाट ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरेका हुन्। यो हवाईमार्ग प्रयोग गरी आएका पर्यटकको संख्या हो।

बोर्डकाअनुसार सबैभन्दा धेरै भारतबाट पर्यटक नेपाल आएका छन् । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन् ।

जनावरीमा भारतबाट करिब १६ हजार ४३६ पर्यटक नेपाल आएका छन्। त्यस्तै, दोस्रो स्थानमा अमेरिका छ। अमेरिकाबाट ६ हजार ५६१, अष्ट्रेलियाबाट तीन हजार ४४१ पर्यटन नेपालमा आएका छन्।

यस्तै, अष्ट्रेलियाबाट ३ हजार ४४१ बंगलादेशबाट दुई हजार ४६८ पर्यटक नेपाल भित्रिएका छन्। कोरोना महामारीपछि नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भने हुन सकेको छैन।

बोर्डका अनुसार महामारी अघि सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए। सन् २०२१ मा मात्र ८ हजार ६७४ जना पर्यटक यस महिनामा आएका थिए। सन् २०२० को जनवरीमा भने ७९ हजार ७०२ र सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक आएका थिए। सन् २०१९ र २०२० यी दुई वर्ष कोरोना महामारीको संकट सुरु भइसकेको थिएन।


Read Previous

घोराहीमा जलाशयका माध्यमबाट खेतबारी सिञ्चित गरिँदै

Read Next

बारा र पर्साकाे विद्युत प्रसारण प्रणाली सुधार गर्न परवानीपुर-पोखरिया प्रसारण लाइन निर्माण गरिँदै

Leave a Reply

Your email address will not be published.