Nepal Purbadhar

निरन्तरको हिमपातले जुम्लामा हवाई सेवा अवरुद्ध


जुम्ला। हिमपातका कारण जुम्लामा हवाई सेवा अवरुद्ध भएको छ।

मंगलबारदेखि भएको निरन्तर हिमपातका कारण धावन मार्गमा हिउँ जमेको छ। हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ ।

प्राधिकरणका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार आज जुम्लाको मौसम सफा भएपनि धावन मार्गमा हिउँ जमेकाले जहाज अवतरण हुन नसकेको हो ।

आज नेपालगञ्जदेखि जहाज आउने तयारी अवस्थामा भएकोले धाममार्ग खुलाउन बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गको हिउँ फाल्ने काम गरिरहेको बताइएको छ ।

तीन दिनदेखि परिरहेको हिउँले नेपालगञ्जमा जुम्ला आउने यात्रुहरू अलपत्र परेका छन् ।


Read Previous

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरी संरक्षण गरिँदै

Read Next

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै