Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै


बागलुङ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ। केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो।

कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय प्रवर्द्धनका लागि औद्योगिकग्राम निर्माण सुरु गरिएको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि नै निर्माण सुरु गरेको अध्यक्ष लामिछानेले बताए। उनका अनुसार केन्द्र सरकारले पहिलो वर्ष ९२ लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेटले संरचना निर्माण थालनी भइसकेको अध्यक्ष लामिछानेको भनाइ छ। यसवर्ष केन्द्र सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको भन्दै आगामी वर्ष औद्योगिकग्राम निर्माण सम्पन्न हुने उनको भनाइ छ।

अध्यक्ष लामिछाने भन्छन्, ‘औद्योगिक ग्राम निर्माण आगामी वर्ष सक्ने लक्ष्य छ। एक वर्ष काम हुन सकेन। यो वर्ष कामलाई तीव्रता दिने छौँ।’ औद्योगिक ग्रामले स्थानीयलाई बजारीकरणमा ठूलो टेवा पुर्याउने छ अपेक्षा छ।

गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले स्थानीयलाई व्यापार व्यवसाय र उत्पादनसँग जोड्न औद्योगिकग्राम निर्माण भइरहेको बताए। अहिलेसम्म दुई वटा टहरा र यहाँसम्म पुग्ने सडक निर्माण भइसकेको प्रवक्ता विकको भनाइ छ।

‘औद्योगिकग्राम निर्माण सुरु भएपछि स्थानीयमा उत्साह जागेको छ, अहिले जग्गा व्यवस्थापन र केही संरचना निर्माण भएका छन्, सडक पनि निर्माण भइसकेको छ, अन्य कामलाई तीव्रता दिन थालेका छौँ,’ उनले भने।

औद्योगिकग्राम निर्माण पश्चात यहाँ साना, मझौला र ठूला सबै उद्योग यहाँ सञ्चालन हुनेछन्। उद्योग गर्न चाहने स्थानीयले गाउँपालिकाले स्थान उपलब्ध गराउने छ। औद्योगिक ग्रामले रोजगारी सिर्जना गर्नुका साथै सामान्य वर्गको दैनिकीमा समेत परिवर्तन ल्याउने उनको विश्वास छ।

किसानले उत्पादन गरेको तरकारी, फलफूल तथा दूधलाई बजारीकरणका लागि अक्षते बजारमा हाटबजार सञ्चालनसमेत गर्ने तयारीमा रहेको गाउँपालिका उपाध्यक्ष तिलक थापाले बताए । उनले काठेखोला बागलुङमा सबैभन्दा बढी कृषि उपज वस्तु उत्पादन गर्ने पालिका भएको हुँदा किसानलाई बजारको सहज पहुँचमा पुर्याउन र उचित मूल्य दिलाउन हाटबजार सञ्चालन गर्न थालेको बताए।


Read Previous

निरन्तरको हिमपातले जुम्लामा हवाई सेवा अवरुद्ध

Read Next

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

Leave a Reply

Your email address will not be published.