Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

कालंका बेसिनको ६४ मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन परीक्षण हुँदै


काठमाडौं । बझाङको कालंका बेसिनमा निर्माणाधीन ६४.४९ मेगावाटका ३ जलविद्युत आयोजनाको विद्युत प्रवाह गरिने १३२ केभी सुनकुडा–बलाच प्रसारण लाइनको परीक्षण सुरु हुने भएको छ । प्रवर्द्धक कालंगा हाइड्रो लिमिटेडले सोमबारबाट ३७.८५ किलोमिटर लामो प्रसारण लाइनको परीक्षण सुरु गर्न लागेको हो ।

प्रसारण लाइनमा विद्युत प्रवाह गर्नुअघि कुनै समस्या रहे/नरहेकोबारे हेर्नका लागि परीक्षण गर्न लागिएको कम्पनीका सञ्चालक पुष्प चित्रकारले बताए । उनका अनुसार प्रसारण लाइनको परीक्षण गर्न नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आयोजना स्थल पुगेको छ । कम्पनीले प्रसारण लाइनकाे परीक्षण सुरु गर्न लागेकाेबारे प्रसारण लाइनकाे रुट पर्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय निकायका वडा कार्यालयलगायत सबैलाई जानकारी गराएकाे छ ।

‘१५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजना विद्युत उत्पादनको चरणमा पुगिसकेको छ,’ उनले नेपाल पूर्वाधारसँग भने, ‘त्यही कारण पनि प्रसारण लाइनको परीक्षण गर्दैछौं ।’ उनले प्रसारण लाइनको परीक्षण सकिएपछि आगामी बुधबारसम्ममा कालंकागाडको विद्युत बलाँच सबस्टेसनसम्म पुर्याउने तयारी भइरहेको जानकारी दिए ।

अहिलेका लागि कालंगागाड आयोजनाको विद्युतगृहदेखि बलाँच सबस्टेसनसम्मको प्रसारण लाइनको परीक्षण गर्न लागिएको हो । यो आयोजना निर्माण सम्पन्न भई आन्तरिक परीक्षण समेत सकिएर विद्युत उत्पादनका लागि तयारी अवस्थामा छ । यो आयोजनाबाट संरचनाहरूको आन्तरिक परीक्षण सकिए लगत्तै विद्युत उत्पादन सुरु गर्न सकिने अवस्था रहे पनि प्रसारण लाइनको काम बाँकी रहेकाले केही समय लागेको कम्पनीले जनाएको छ ।

संरचना तयार भएसँगै कालंगा बेसिनमा निर्माण भएका ६४.४९ मेगावाट विद्युत यही प्रसारण लाइनमार्फत बलाँच सबस्टेसनसम्म पुर्याइने छ । कालंगा आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिए लगत्तै २ साताभित्रमा ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड आयोजनाबाट पनि विद्युत उत्पादन सुरु गरिने चित्रकारले बताए ।

कालंगागाड जलविद्युत आयोजना (१५.३३ मेगावाट)

‘हामी आफैंले बनाउनु पर्ने प्रसारण लाइनकै कारणले आन्तरिक परीक्षण सकिएका आयोजनाको विद्युत प्रणालीमा ल्याउन सकिएको थिएन । अहिले प्रसारण लाइन सञ्चालनका लागि तयारी अवस्थामा छ । अब एकपछि अर्को गर्दै क्रमैसँग ३ वटै आयोजना प्रणालीमा जोड्छौं’ उनले भने ।

१०.७ मेगावाटको सानिगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्न भने बैशाखसम्मको समय लाग्ने कम्पनीले जनाएको छ । कालंका बेसिनमा एउटै समूहले छुट्टा छुट्टै कम्पनी खडा गरी एकसाथ ३ जलविद्युत आयोजना निर्माण गरेको हो ।

विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता ९पिपिए० मा उल्लख भएको तालिका अनुसार अहिलेसम्ममा ३ वटै आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने थियो । तर, भौगोलिक विकटता, स्थानीय अवरोध, कोराना (कोभिड–१९) महामारी, गत वर्ष बर्खामा आएको भीषण बाढीले सबै आयोजनाको संरचनामा पुर्याएको क्षतिलगायत कारणले विद्युत उत्पादनको तालिका पटक–पटक परिवर्तन हुन पुगेको हो ।

यी आयोजनामा ११ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । यी आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा सूदुर पश्चिम प्रदेशको विद्युतीकरणमा सहयोग पुग्नुका साथै, त्यस क्षेत्रको आर्थिक समृद्धिमा पनि योगदान पुग्नेछ ।

सबै आयोजनामा सिभिल तथा हाइड्रोमेकानिकलतर्फको काम नेपालकै सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालिले गरिरहेको छ । यो निर्माण कम्पनीले ५७ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजनाको सिभिल संरचनाको काम पनि गरिरहेको छ ।


Read Previous

गैरकानुनी अनलाइन कारोबार रोक्न प्राधिकरणको निर्देशन

Read Next

ग्लोबल आईएमई बैंकको कारोबार सुरु, प्रधानमन्त्रीबाट शुभारम्भ

Leave a Reply

Your email address will not be published.