Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

गैरकानुनी अनलाइन कारोबार रोक्न प्राधिकरणको निर्देशन


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो।

नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको जनाइएको छ।

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायत गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाललगायत भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी व्यवस्था गर्न निर्देशन दिइएको छ।

निर्देशनको पालना नगरे ऐनबमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ ।


Read Previous

कर्णाली राजमार्गको स्तरवृद्धि गरिँदै

Read Next

कालंका बेसिनको ६४ मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन परीक्षण हुँदै

Leave a Reply

Your email address will not be published.