Nepal Purbadhar

विपद्को मौका छोपेर चोरी गर्ने पक्राउ, कस्तो कार्वाही हुनसक्छ? कानूनमा के छ?


काठमाडौं। बाढी प्रभावित क्षेत्रबाट सुन चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले विपद्को मौका छोपेर सुन चोरी गरेको आरोपमा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विपद्को समयमा चोरीलगायतका आपराधिक गतिविधि हुन नदिन सुरक्षा निकायले प्रभावित क्षेत्रमा निगरानी बढाएको छ।

कस्तो कार्वाही हुनसक्छ? कानूनमा के छ?

भूकम्प, आगलागी, बाढी, हुलदङ्गा वा अन्य संकटपूर्ण अवस्थाको मौका छोपेर चोरी गर्ने व्यक्तिलाई प्रचलित कानुनले कडा सजायको व्यवस्था गरेको छ।

मुलुकी अपराध संहिताको दफा २४२(१)(ग) अनुसार भूकम्प, आगलागी, बाढी, हुलदङ्गा वा यस्तै प्रकृतिको अन्य संकटापन्न स्थिति वा दुर्घटनाको मौका छोपेर कुनै सम्पत्ति चोरी गरेमा विशेष सजाय हुने व्यवस्था छ।

यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षदेखि सात वर्षसम्म कैद र २० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

बाढी तथा अन्य विपद्का कारण नागरिकको घर, पसल तथा सम्पत्तिमा क्षति पुगेको अवस्थामा चोरीका घटना हुनसक्ने भएकाले कानुनले विपद्को मौका छोपेर हुने चोरीलाई सामान्य चोरीभन्दा गम्भीर कसुरका रूपमा लिएको छ।


Read Previous

उद्धार र विद्युत् नियमितलाई प्राथमिकतामा राखेर काम भइरहेको छ : ऊर्जा मन्त्रालय

Read Next

कर्मचारीको तलब कटाएर विपद् कोषमा जम्मा गरिने, बिदामा पनि कडाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar