
काठमाडौं। विदेशमा रहेका नेपाली तथा स्वदेशी–विदेशी दाताले विपद् प्रभावितका लागि नेपाल सरकारको राहत कोषमा सिधै रकम जम्मा गर्न सक्ने गरी नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ।
विपद्का समयमा राहत तथा उद्धारका लागि विदेशबाट प्राप्त हुने आर्थिक सहयोगलाई सहज र व्यवस्थित बनाउन पोर्टल विकास गरिएको हो। यसमार्फत विदेशमा रहेका नेपाली तथा इच्छुक दाताले अनलाइन माध्यमबाट सिधै सरकारी राहत कोषमा रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ।
यसले राहतका लागि सहयोग गर्न चाहने दातालाई सहज हुने तथा प्राप्त रकम सरकारी संयन्त्रमार्फत प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पोर्टलमार्फत सहयोग गर्न चाहनेहरूले यहाँ उपलब्ध गराइएको सम्बन्धित लिङ्क प्रयोग गर्न सक्नेछन्।
