Nepal Purbadhar

विवादित अभिव्यक्ति दिएकी गौरीकुमारी यादवको मन्त्री पद गयो, दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी।


काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गोरीकुमारी यादवले विवादित अभिव्यक्ति दिएपछि मन्त्रीबाट राजीनामा दिनु परेको छ । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष आज राजीनामा बुझाएकी हुन् ।

खाना पकाउने ग्यासको अभाव समाधान गर्न नसकेको विषयमा आलोचना खेपिरहेकी यादवले बुधबार ग्यास व्यवसायीलाई पाता फर्काउनुपर्ने अभिव्यक्ति दिएकी थिइन्।

ग्यासको सहज आपूर्ति हुन नसकेको विषयमा मन्त्रालयको कार्यसम्पादनमाथि समेत प्रश्न उठ्दै आएको थियो।

स्रोतका अनुसार यादवको कार्यसम्पादनप्रति प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसमेत असन्तुष्ट रहेका थिए।


Read Previous

हाथवे इन्भेष्टमेन्टले सुगर मिल्स र हाइड्रो ४० करोड रुपैयाँ लगानी गर्ने

Read Next

पूर्वाधार न्यायाधिकरणसम्बन्धी विधेयक: संसदमा लैजाने तयारी, अदालतलाई बाध्यपार्ने प्रावधान देखि अन्य के छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar