
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयसँगै पछिल्लो समय बाढीबाट प्रभावित क्षेत्रको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल हुने भएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, उपचार र राहतका साथै विस्थापित तथा प्रभावित नागरिकको पुनर्स्थापनाका लागि निरन्तर काम गरिरहेको छ।
बाढीबाट रसुवासहित विभिन्न जिल्लामा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि सरकारले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउने र आवश्यक निर्णय गर्ने उद्देश्यले मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको छ।

