Nepal Purbadhar

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट–धुन्चे सडक


काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।

जिरो–भोर्ले–पार्च्याङ सडकखण्डको भोर्ले बजारनजिकै बुधबार साँझ ५ बजे खसेको पहिरो बिहीबार बिहान १० बजे हटाइएको हो । १७ घण्टादेखि सडकमा रोकिएका सवारी पहिरो हटाइएसँगै गन्तव्यतर्फ लागेका छन् ।

बिहीबार बिहानैदेखि पहिरो पन्छाउन सडकको दुवैतर्फ डोजर परिचालन गरिएको थियो। नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेंशी, धुन्चे जोड्ने सडक बाढीपछि अवरुद्ध हुँदा यो सडक वैकल्पिक बाटोको रूपमा प्रयोग हुँदै आएको छ ।

पहिरोका कारण काठमाडौं, नुवाकोट हुँदै धुन्चे जाने तथा धुन्चेबाट काठमाडौं फर्कने यात्रुहरू बाटोमै अलपत्र परेका थिए । राहत सामग्री लिएर रसुवा पुगेका सवारीसाधनसमेत रोकिएका थिए ।

तस्बिर : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी


Read Previous

प्रसारण लाइन मर्मत गर्दा करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

Read Next

ग्यास अभावको विरोध : आरआर गेटमा विद्यार्थीले दाउरामा पकाए खाना (तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar