Nepal Purbadhar

त्रिशूली-३ ‘ए’ का ३५ कर्मचारी शान्तिबजारमा २ दिनदेखि अलपत्र, उद्धार नहुँदा जीवन संकटमा

फाइल तस्बीर।


रसुवा। भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र रसुवाको शान्तिबजारमा त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत नेपाल विद्युत् प्राधिकरणका ३५ जना कर्मचारी अलपत्र परेका छन्। बाढीका कारण सम्पर्क तथा आवतजावत प्रभावित भएपछि उनीहरूले उद्धारका लागि पटक-पटक आग्रह गरे पनि हालसम्म उद्धार हुन नसकेको प्राधिकरणका एक अधिकारीले नेपाल पूर्वाधारलाई बताए।

ती अधिकारीका अनुसार कर्मचारीहरू भोक र औषधिको अभावमा बस्न बाध्य छन्। उद्धारका लागि सम्बन्धित निकायसँग पटक‍-पटक आग्रह गरिएको भए पनि प्रभावकारी पहल हुन नसकेको उनको गुनासो छ। “हाम्रा ३५ जना कर्मचारी साथीहरू शान्तिबजारमा अलपत्र अवस्थामा हुनुहुन्छ। उद्धार हुन पनि सकेको छैन, औषधी र खाने कुरासमेत नपाउँदा अवस्था जटिल बनेको भन्नु भएको छ”, ती अधिकारीले भने।

ती अधिकारीका अनुसार प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यलयमा समेत पटक‍-पटक सम्पर्क गरी अवस्थाबारे जानकारी गराउने प्रयास गरिएको थियो। तर प्राथमिकता राखिएको मात्रै जवाफ आएको तर उद्धारको फर्खाईमा रहेका कर्मचारीको अवस्था अत्यन्तै दयनीय बन्दै गएको छ।
भोटेकोशी बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा रहेका नागरिक तथा कर्मचारीको उद्धारमा समेत कठिनाइ भइरहेको छ।

अलपत्र परेका ३५ कर्मचारीको तत्काल उद्धार, खाना तथा औषधिको व्यवस्था गरिदिन प्राधिकरणका अधिकारीहरूले आग्रह गरेका छन्।


Read Previous

बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनाको काम तीव्र, हेली मार्फत पुर्‍याईयो जेनेरेटर

Read Next

बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा गोरखा ब्रुअरीको १० करोड सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar