Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

‘व्यवस्थित र प्रतिष्पर्धी बनाउन विज्ञापन नीति बन्दैछ’


काठमाडाैं । सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले विज्ञापन बजारलाई व्यवस्थित र प्रतिष्पर्धी बनाउन विज्ञापन नीति ल्याउन लागेको जानकारी दिएका छन् ।

विज्ञापन बोर्डले आफ्नो कार्य क्षेत्र र विज्ञापन एजेन्सीको भूमिकाबारे बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले विज्ञापन चक्रमा सबैको धारणा साझा र समान बनाउनका लागि सरोकारवालासँग छलफल महत्वपूर्ण भएको बताए ।

‘विज्ञापन ऐन र आचारसंहिता कार्यान्वयनका लागि हामीले छलफल गरिरहेका छौ, यसमा शंसोधन गर्न र व्यवस्थित गर्न सहज हुन्छ ।’ उनले भने, ‘नयाँ बन्ने विज्ञापन नीतिले कतिपय मुद्दालाई सम्बोधन गर्छ ।’

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बजारलाई व्यवस्थित गर्न पहिलोपटक विज्ञापन एजेन्सीसँग छलफल गरिरहेको बताउँदै हालसम्म विज्ञापन नीतिको मस्यौदा बनाएर सरोकारवालासँग सुझाव लिईरहेको बताए ।

उनले हाल अनौपचारिक रुपमा विश्लेषण गर्दा ९० प्रतिशत विज्ञापन विना परीक्षण प्रकाशन/प्रसारण भईरहेकोले यसलाई विज्ञापन बोर्डले व्यवस्थि तगर्न लागेको जानकारी दिए ।

नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डलाई सरकारले स्वायत्त निकायको रुपमा काम गर्न दिनुपर्ने बताउँदै बोर्डले नियमनसँगै सहजीकरण गर्नुपर्ने बताए । उनले बोर्ड विज्ञापन वितरणमा संलग्न हुनु नहुने बताए ।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले निर्माण भईरहेको नीतिले बजार बजारलाई अझ व्यवस्थित बनाउने बताए ।


Read Previous

इन्टरनेट सेवाप्रदायकको लाइन काटिएकोमा क्यानकाे ध्यानाकर्षण

Read Next

गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

Leave a Reply

Your email address will not be published.