Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

मागअनुसार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन भएन : महासंघ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी व्यवसायीका माग अनुसार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन हुन नसकेको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले यस्तो जानकारी गराएको हो ।

गत कार्तिकदेखि कार्यान्वयनमा आएको चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन गरि सीमाभन्दा बढी लिएको कर्जा चुक्ता गर्न समय दिने र न्यूनतम सीमा ५० लाखबाट बढाएर १ करोड कायम गर्ने निर्णय सकारात्मक भए पनि उद्योगीका कयौं माग सम्बोधन नभएको महासंघले बताएको छ ।

‘सीमाभन्दा बढी लिएको कर्जा तिर्न समय दिने निर्णयले साना उद्यमीलाई राहत पुग्नेछ । यी व्यवस्था सकारात्मक भएपनि विद्यमान जटिल अवस्थामा अर्थतन्त्र चलायमान बनाउन महासंघले सरकार र राष्ट्र बैंक समक्ष राखेका अन्य माग पनि सम्बोधन हुनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले उद्योगको प्रकृतिअनुसार फरक चालुपूँजी रकम आवश्यक पर्ने हुँदा २ करोडभन्दा बढी चालुपूँजी कर्जाको सीमा २५ प्रतिशत मात्र गरिनु व्यवहारिक नभएको जनाएको छ ।

यसैगरी स्थायी प्रकृतिको चालु पूँजी कर्जाको माथिल्लो सीमा १० वर्षलाई बढाउनु पर्ने, चालुपूँजी कर्जा लिन व्यक्तिगत धितो राख्नु नपर्ने व्यवस्था हुनुपर्ने महासंघले माग गरेको छ ।

कर्जा नवीकरण हुने प्रकृतिका सम्पूर्ण चालुपूँजीकर्जा खाता आर्थिक वर्षको कुनै एक समयमा उद्योगरव्यवसायको प्रकृतिअनुसार कम्तीमा लगातार ७ दिन शून्य बनाउनु पर्ने व्यवस्था अव्यवहारिक भएकोले यो व्यवस्था खारेज गर्न महासंघको माग छ ।

विदेशबाट कच्चा पदार्थ आयात गरी वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रतितपत्र खोल्नेदेखि सिपिङ, ट्रान्जिट हुँदै उद्योगसम्म कच्चा पदार्थ आइपुग्न १ देखि ४ महिना समय लाग्ने भएकाले सबै उद्योगको चालू पुँजी आवश्यकता फरक हुने महासंघको भनाइ छ ।

अहिलेको आर्थिक मन्दीका कारण पुस मसान्तमा ऋणीहरुले साँवा ब्याज तिर्न नसक्ने भएकाले २०७९ चैत्र मसान्तसम्मका लागि ऋणको पुर्नसंरचना एवं पुनरतालिकीकरणको व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।

यसैगरि पर्यटन क्षेत्रलाई पुनरकर्जा सुविधा निरन्तर उपलब्ध गराउन र अर्थतन्त्र चलायमान बनाउन उच्च ब्याजदर कम गर्न केन्द्रिय बैंकले सम्पूर्ण वित्तीय एवं मौद्रिक उपकरणको प्रयोग गर्नु पर्ने महासंघको माग छ ।


Read Previous

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

Read Next

इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविकः इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश 

Leave a Reply

Your email address will not be published. Required fields are marked *