Nepal Purbadhar

बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

यातायात सेवालाई विकृत बनाउन सक्रिय ७ बिचौलिया पक्राउ


काठमाडाैं । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढेकाे छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि  आउन सकेको छैन ।

काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो ।

मङ्गलबारमात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका क्रममा सेवाग्राहीलाई अनुचितरुपले प्रभावमा पार्ने ५ र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा सम्लग्न २ गरी सात जनालाई पक्राउ गरिएको रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

उक्त कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले ललितपुरको एकान्तकुनासिथत यातायात व्यवस्था कार्यालय तथा काठमाडौँको ठूलोभर्याङ र चाबहिलबाट उनीहरूलाई पक्राउ गरी कारबाही थालेको हो ।

उनीहरूले विभिन्न यातायात कार्यालयमा सेवाग्राहीलाई सहजीकरण गरिदिन्छौँ, छिटो छरितो रूपमा काम गरिदिन्छौँ, नपुगेका कागजात पु¥याइदिन्छौँ भनी प्रलोभनमा पारी हैरानी दिने गरेको पाइएको उनले बताए ।

प्रवक्ता रिजालले कुनै पनि सरकारी कार्यालयमा नियमसङ्गत हुने काममा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारबाहीलाई असर पार्ने बिचौलिया तथा समूहउपर प्रहरीले निगरानी तथा कारबाही बढाएको बताए । यस्तो सूचना आएमा प्रहरीको हटलाइन १०० र १०३ मा फोन गरी जानकारी दिन पनि प्रहरीले अनुरोध गरेको छ ।

वायु प्रदूषण जाँचमा असफल १४ सवारीका चालकलाइ कारबाही

काठमाडौंको कलङ्कीमा मङ्गलबार गरिएको विशेष जाँच अभियानका क्रममा अत्यधिक धुँवा फाली वायु प्रदूषण गराउने १४ सवारीसाधनका चाकललाई कारबाही गरिएको छ ।

बबरमहलस्थित वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कायालयबाट संयुक्तरूपमा खटिएको प्रहरी र दक्ष प्राविधिकसहितको टोलीले चलाएको उक्त जाँच अभियानमा ४३ गाडीमा गरिएको परीक्षणमा १४ सवारीसाधन असफल भए ।

सो क्रममा चालकलाई सवारीसाधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी कागजात फिर्ता गर्ने गरी छाडिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

यस्ता सवारी साधानले वायु प्रदूषण गराउनाका साथै ठिक नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको समेत जोखिम हुन्छ । त्यसैले आफ्नो सवारीसाधनको अवस्था दुरुस्त राख्न अनुरोध गरिएको र त्यस्तो पाइएमा कारबाही गरिने प्रवक्ता भट्टले बताए ।


Read Previous

कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन

Read Next

घरेलु तथा साना उद्योगलाई दिगो बनाउन जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *