Nepal Purbadhar

मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

फास्ट ट्र्याक चाँडो सम्पन्न गर्न अनुगमन र समन्वय समिति गठन


काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ ।

‘आजको सुरुआत, भोलिको आधार : काठमाडौँ–तराई मधेस द्रुतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको व्यवस्थापनमा यो आयोजना अघि बढिरहेको छ । नेपाली सेनाका हालका प्रवक्ता नारायण सिल्वालको अध्यक्षतामा गठन भएको उक्त संयन्त्रलाई आयोजना अघि बढाउने सिलसिलामा देखिएका यावत समस्या र चुनौती समन्वय गरी सुल्झाउने जिम्मेवारी छ ।

अध्यक्ष सिल्वालले आयोजनाको अहिलेको निर्माणको गतिलाई बढाउँदै सङ्गठनको कार्यदेशअनुसार सम्पन्न गर्न अनुगमन र समन्वयनको कार्य समितिलाई प्राप्त छ ।

रणनीतिक मात्र नभई बहुआयामिक महत्वको उक्त आयोजना अघि बढाउन गठन भएको समितिमा महासेनानी रक्षा केसी, लेखा विभागका प्रमुख सेनानी सौरवमानसिंह बस्नेत, इन्फेन्टीका महासेनानी कमल बाँनिया र इन्जिनियरिङतर्फका प्राविधिक महासेनानी धर्मेन्द्र झा रहेका छन् । समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ ।

यस आयोजनाले खासगरी पूर्वी र मध्य तराई/मधेसबाट कम समय र छोटो दूरीमा देशको राजधानीसँग जोड्नेछ । आर्थिक वर्ष २०७४/७५ मा सुरु भएको उक्त द्रुतमार्ग आयोजना २०८१ सालको पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको लम्बाइ ७२ दशमलव ५ किलोमिटर छ ।

महादेवडाँडा, धेद्रे र लेनडाँडामा करिब ६ दशमलव ४१ किमी दोहोरो सुरुङसहितको द्रुतमार्गमा साना र ठूला गरी ८७ पुल रहने छन् । ती पुलको लम्बाइ १० दशमलव ५९ किमी हुनेछ । पुल र सुरुङबाहेक सडकखण्ड ५५ दशमलव पाँच किमी रहनेछ । द्रुतमार्ग सडक ललितपुरमा सात दशमलव नौ किमी, काठमाडाँैमा चार, मकवानपुरमा ५३ र बारामा सात दशमलव छ किमी पर्छ ।

आयोजनाको कूल लागत १ खर्ब ७५ अर्ब १९ करोड ३६ लाख रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको हालसम्मको वित्तीय र भौतिक प्रगति करिब २० प्रतिशत छ ।

आयोजनाका लागि गत आवसम्म ३७ अर्ब ९६ करोड खर्च भइसकेको छ । पछिल्लो समय आयोजना निर्माण कार्यको नेतृत्व सहायकरथी कमलविक्रम शाहले सम्हालेका छन् ।

देशको राजधानीलाई पूर्वी भू–भाग र तराईसँग जोड्ने वैकल्पिक राजमार्ग बनाउने सोचअनुरुप निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजनाका लागि २०४९ सालमा डेनिस सहयोग नियोगबाट सम्भाव्यता अध्ययन गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बढी रहेको हवाई उडान र अवतरणको चाप थेग्न नसक्ने निक्र्योलका साथ राजधानीबाट छोटो दूरीमा रहने गरी अर्को वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बनाउने तथा कम समयमा त्यहाँ आवतजावत गर्न सडक निर्माण गर्ने सोचसँग सम्बन्धित यो पूर्वाधार हो ।

सरकारले आर्थिक वर्ष २०६६\६७ को बजेटमा द्रुतमार्गको पहुँचमार्ग खोल्ने निर्णयअनुसार ३ वर्ष लगाएर सेनाले त्यो काम २०७० सलमा पूरा गरेको थियो ।

त्यससँगै आयोजना निर्माणको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राजनीतिक दलबीच लामो समयसम्म रस्साकस्सीपछि मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको सेनाको व्यवस्थापनमा अघि बढाउने विषयमा सर्वसम्मति भएको थियो ।

यसअघि सेनाले नै २०६७ सालदेखि ९४ करोड रुपैयाँको लागतमा ३ वर्ष लगाएर आयोजनाको द्रुतमार्गको पहुँच मार्ग खोलेको हो ।

एसियन हाई–वे स्ट्याण्डर्डको आयोजनालाई अर्जुनदृष्टि र दु्रतआधारमा अघि बढाइरहेको सेनाका प्रवक्ता सिल्वालले बताए । नेपालको सडक यातायातको क्षेत्रमा अत्याधुनिक र रुपान्तरणकारी आयोजनाका रुपमा द्रुतमार्ग स्थापित हुनेछ ।

काठमाडौँलाई तराई मधेस हुँदै छिमेकी मुलुक भारतसँग जोड्ने छोटो, फराकिलो र सुविधा सम्पन्न द्रुतमार्ग निर्माणपछि काठमाडौँबाट निजगढसम्मको यात्राअवधि ५ घण्टाबाट घटेर १ घण्टामा सीमित रहने मात्र नभई इन्धन र समयसमेत बचत हुनेछ । रासस


Read Previous

एक महिनापछि हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादन सुचारु

Read Next

वीरगञ्जबासीले ३० युनिट विद्युत निशुल्क पाउने 

Leave a Reply

Your email address will not be published. Required fields are marked *