Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

एक महिनापछि हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादन सुचारु


मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो साताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत  उपकरण बिग्रिएर  बन्द भएकाे उत्पादन शुक्रबारबाट सुचारु भएकाे हाे ।

विद्युतीय उपकरणको पाटपुर्जा नयाँ जडान तथा केही पुराना उपकरणकाे मर्मतसम्हार गरी सिमेन्ट उत्पादन फेरि सुचारु गरेकाे उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौंडा सिमेन्ट उद्योगले २०४३ मङ्सिरदेखि व्यावसायिकरूपमा सिमेन्ट उत्पादन गर्दै आइरहेकाे छ । उद्योगले दैनिक १२ हजारदेखि १६ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्छ ।

हेटौंडा सिमेन्ट उद्योगको परिसरभित्र सो उद्योगले केही वर्ष अगाडि स्थापना गरी सञ्चालनमा ल्याइएको सिमेन्टको धुलो नियन्त्रण गर्ने उपकरणबाट केही महिनाअघिदेखि हेटौंडा नगर क्षेत्रभित्र सिमेन्टको धुलो सर्वसाधारणको घर, गोठ र खेतबारीमा पस्ने गरेको गुनासो थियो ।

धुलो बाहिर निस्किने प्रक्रियालाई नियन्त्रण गरिएको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले बताए । याे उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्ट हेटौंडालगायत काठमाडौं, पोखरा, भैरहवा, धनगढी, नेपालगञ्ज, विराटनगरलगायत सहरमा बिक्री वितरण भइरहेको उनले बताए ।


Read Previous

निर्माण सम्पन्न भएको कुर्था–बिजलपुरा रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने भारतको तयारी

Read Next

फास्ट ट्र्याक चाँडो सम्पन्न गर्न अनुगमन र समन्वय समिति गठन

Leave a Reply

Your email address will not be published.