Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

सिरहाकाे दुर्गम गाउँमा बिजुली पुगेपछि स्थानीयले मनाए खुसी


जनकपुरधाम । वर्षाैदेखि अन्धकारमा बस्दै आएका सिरहाको धनगढीमाई नगरपालिका– १४ स्थित अति विकट मानिएको मराईन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युतीकरणमार्फत अति दुर्गम मानिएको सो बस्तीमा बिजुली पुर्याएको हाे। बस्ती बसेदेखि लालटिन र टुकिको भरमा रात काट्दै आएका स्थानीयवासी गाउँबस्तीमा बिजुली बल्न थालेदेखि खुसी मनाइरहेको बताएका छन् ।

‘बिजुलीका लागि विगत १ दशकदेखि विद्युत् प्राधिकरणमा गुहार्दै आएका थियौं’ स्थानीयवासी दिलीप लामाले भने, ‘तर दुर्गममा बस्ती छ, त्यहाँ विद्युतीकरण गर्न समस्या हुन्छ भन्दै सम्बन्धित निकाय पन्छिदै आएको थियो ।’

अहिले बल्ल बस्तीमा झिलिमिली बत्ती बल्न थालेको छ, यसका कारण हामीलाई सहज भएको लामाको भनाइ छ ।

‘गाउँमा बिजुलीको सुविधा नहुँदा वर्षाैदेखि स्थानीयवासी लालटिन र टुकी बालेर रात बिताउँदै आएका थियाैं’, सिरहाको धनगढीमाई नगरपालिका–१४ मराईनका स्थानीयवासी सूर्य मगरले भने, ‘ढिलै भए पनि गाउँमा बिजुली पुगेको छ, यसका कारण गाउँ झिलिमिली बनेको छ र अब हामीलाई सहज भएको छ ।’ बिजुली नुहँदा समान्य मोबाइल चार्जका लागि पनि धनगढी बजार धाउनुपर्ने बाध्यता बाटसमेत अब मुक्त भएको उनको कथन छ ।

अहिले पूरै गाउँ झिलिमिली छ । विद्युत् सुविधा पुगेपछि कतिपयले आयआर्जनका विभिन्न काम पनि गर्न थालेका छन् । रातको समयमा पनि उज्यालोमा घरायसी कामधन्दा गर्न, बालबालिकालाई पढ्न सहज हुनुको साथै मोबाइल चार्ज गर्न, रेडियो टेलिभिजनजस्ता सञ्चारका साधनको प्रयोग गर्न पाउँदा स्थानीयवासी दङ्ग छन् । रातको समयमा हुने चोरी डकैतीबाट पनि सुरक्षित भएको लामाले बताए ।

दुर्गम मानिएको ती बस्तीमा बिजुली पुर्याउन लामो प्रयासपछि बल्ल बिजुली ल्याउन सफल भएको धनगढीमाई नगरपालिका–१४ का वडाध्यक्ष अमित ठकुरीले बताए । ‘अत्यन्तै विकट ती गाउँबस्तीका स्थानीयवासीको प्रमुख माग नै बिजुली थियो’, वडाध्यक्ष ठकुरीले भने, ‘बाटोघाटो र यातायातको पहुँच नपुगेका यी बस्तीमा कसरी बिजुली ल्याउने भन्नेमा ठूलो चिन्ता थियो ।’

तर विद्युत् प्राधिकरणसँग पहल गरेर बिजुली ल्याउन सफल भएको खुसी लागेको उनकाे भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गदेखि करिब १० किलोमिटर उत्तर चुरे जङ्गल नजिकै रहेको सो वडाको करिब एक दर्जनबस्ती छन् ।

वर्षाैदेखि बिजुलीको सुविधाबाट वञ्चित ती बस्तीमा विद्युतीकरण कार्य सुरु भएसँगै पहिलो चरणमा खुट्टीखोला, मराइनको सबै र राईरैनीको केही भागमा बिजुली बत्ती बल्न थालेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

सो वडाको दुर्गममा पर्ने पोलार, मैनामैनी, तोरिबारी, राईरैनी, अम्बासे, मोतिश्री, चट्टान, जामुनटार, डल्मेलगायतका गाउँ बस्तीमा बिजुली पुर्याउन चालु आर्थिक वर्षमा  ५ करोडको लागतमा विद्युतीकरणको कार्य सुरु गरिएको प्रमुख यादवले बताए ।

तीमध्ये तीन बस्तीमा बिजुुली बल्न थालेको र बाँकीमा यसैवर्षभित्र विद्युतीकरणको लागि बोलपत्र भइसकेको प्रमुख यादवको भनाइ छ


Read Previous

नारायणगढ–गोन्द्राङ ६ लेन सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

Read Next

फागुन मसान्तसम्म सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *